आवरउदयपुर,असार १६
मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर जयकुमार नाथ शाह राखिने भएको छ ।

नेपाल क्रिकेट संङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मुलपानी मैदानको नाम क्यानका संस्थापक एवं पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।

क्यानले शाहको सम्मानका मैदानको नामाकरण गरेको जनाएको छ । निर्माण कार्य सुरु भएको झण्दै दुई दशकपछि मुलपानीमा गत वैशाखमा एसीसी प्रिमियर कप अन्तगएत हङकङ र सिंगापुरबीचको खेल भएको थियो ।

सोही खेलबाट मुलपानी मैदानले अन्तर्राीष्ट्रय मैदान र एकदिवसीय खेलको रुपमा मान्यता पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय