आवरउदयपुर, असार १५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सातवटै प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्दै सङ्घीयतालाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आज (शुक्रबार) कास्कीको पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमित स्रोतसाधन परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेबताए ।

‘संविधानको व्यवस्था अनुरूप सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीय शासन प्रणालीको सुसञ्चालन हाम्रा लागि चुनौतीपूर्ण नै थियो,’ उनले भने, ‘जनप्रतिनिधिहरू सीमित स्रोतसाधनको सुझबुझपूर्ण ढङ्गले परिचालन गर्दै विकास निर्माणका कामलाई अघि बढाउँदै जनताका आकाङ्क्षा पूरा गर्न क्रियाशील रहनुभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुँदै गएको छ ।’

संघीयतासम्बन्धी धेरै काम भइसकेको र संस्थागत भइरहेको चर्चा गर्दै उनले भने, ‘संविधान जारी भएको झण्डै सात वर्षको अवधिमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं ।’

उनले प्रधानमन्त्रीकै तहबाट प्रदेश मुख्यमन्त्रीहरूसँग समयसमयमा छलफल र अन्तरक्रिया हुँदै आएको समेत जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय