आवरउदयपुर,असार ११
पशुपतिनाथको जलहरीमा राखिएको सुन आधाकेजी घटेको पाइएको छ ।
पशुपति क्षेत्र विकास कोष, अख्तियार अनसुन्धान आयोग, नेपाली सेना, सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा गरिएको नापतौलमा आधाकेजी सुन खिइएको पाइएको हो ।
पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाइदिँदा सुन खिइएर घटेको प्रतिक्रिया दिएको छ । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर सोमबार बिहान जोखेको थियो ।
जलहरीमा २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो । अहिले जलहरीमा राखिएको सुन करिब एकसय साढे सात केजी भएको पाइएको छ ।
जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । राष्ट्र बैङ्कबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरेको थियो ।
अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो । जलहरीका लागि राष्ट्र बैङ्कबाट १ सय ३ केजी ७ सय ७३ ग्राम सुन खरिद गरिएको थियो।
सदनमा त्यस समयका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपारदर्शी काम गरेको भन्दै प्रश्न उठेको थियो । सोही विषयलाई लिएर एमालेले सदन अवरोध समेत गरेको थियो ।