आवरउदयपुर,असार ५
आईसीसी एकदिवसीय विश्व कप छनोटमा आज (मङ्गलवार) नेपाल र अमेरिकाबीच खेल हुँदैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएको छ ।

आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएको दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो । नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।

यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएको थियो । जसमा नेपाल र अमेरिकाले १÷१ वटा खेल जितेका थिए । पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो ।

यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टोलीबीच दुई वटा खेल भएको थियो । पहिलो खेल बराबरीमा सकिएकोमा दोस्रो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो ।

विगतको नतिजा हेर्दा अमेरिका भन्दा नेपाल बलियो अवस्थामा छ । तर पछिल्लो समय नेपाल आफ्नो प्रदर्शन थप सुधार गरेको अवस्था पनि छ । यद्यपि अमेरिका पनि कम छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय