आवरउदयपुर, जेठ २७
पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका–१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेतको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको शुक्रबार डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए । उनीहरूलाई स्थानीयले अस्पताल पुर्याएपनि दुई जनालाई चिकित्सकले मृत घोष्णा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय