आवरउदयपुर, जेठ १७
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिक विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिए। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेकी थिइन्।
जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष आग्रह गर्ने निर्णय गरेको थियो।
नागरिकता विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको थियो।