आवरउदयपुर,वैशाख २४
आर्थिक अनियमितता भएको भन्दै जनप्रशासन क्याम्पस बल्खुमा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको छ । स्ववियु फन्डको चरम दुरुपयोग, विद्यार्थीको धरौटी, छात्रवृत्ति बाफतको रकम हिनामिना भएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् । साथै प्रोफेसरले कपि जाँचेबाफतको पारिश्रमिक रकम पनि हिनामिना भएको उनीहरुको दाबी छ ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेविसंघले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा आज (आईतबार) देखी अनिश्चित कालका लागी तालाबन्दी गरिएको उल्लेख छ । यो विषयबारे मिडियामा समाचार सार्वजनिक भएपछि निष्पक्ष छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दासमेत बेवास्ता गरेकाले तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख छ । विभिन्न विद्यार्थी संगठनले निकालेको विज्ञप्तीमा स्वतन्त्र विद्यार्थी नेपालका नितेश बस्नेत, अखिल क्रान्तिकारीका अभिषेक राज ठाकुर, अनेरास्ववियूका हिमाल थापा क्षेत्री र नेविसंघका रबिन यादवको हस्ताक्षर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय