आवरउदयपुर,वैशाक ११
चैत्र २७ देखी गाईघाटमा सुरु भएको सिलाई मेशिन मर्मत तालिम आज सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ११ जगत भवन स्थित नेपाल कपडा तथा सिलाई व्यवसायी संघको कार्यालयमा संञ्चालन भैरहेको तालिम सोमवार सम्पन्न भएको हो । तालिमलाई घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सहयोग गरेका थिए भने सिलाई व्यवसायी संघ उदयपुरले समन्वय गरेका थिए । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएका थिए । घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीका अनुसार व्यवसायीहरुलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएका थिए । सहभागी सबै व्यवसायीहरुले तालिमबाट भरपुर ज्ञान प्राप्त गर्नुका साथै यस ज्ञानलाई सदुपयो गर्दै व्यवसायलाई थप सहज बनाउन सक्ने जनाए ।
तालिममा बिषेशगरी महिलाहरुले सहभागी जनाएको प्रमुख पराजुलीले जनाए । सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुला ठुलो दुख र क्षती व्यवसायीहरुले बेहोर्नु पर्ने भन्दै यो तालिम उनिहरुका लागि बिषेश उपलब्धी रहने जनाए । सिलाई व्यवसायी संघकी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ज्ञानु प्रधानले व्यवसायीहरुलाई बिभिन्न तालिमहरु उपलब्ध गराउन संघले पहिले देखीनै भुमिका खेल्दै आएको जनाईन् । सिलाई कटाई सम्बन्धि तालिमहरु बिगत देखीनै दिईदै आएता पनि मर्मत सम्बन्धि तालिम भने पहिलो पटक उपलब्ध गराउन सफल भएको जनाईन् ।
प्रधानका अनुसार बजारमा सिलाई व्यवसायीहरु मात्रै उत्पादन गर्नु भन्दा पनि त्यस बिषय सँग सम्बन्धित समाग्रीहरुको बारेमा पनि जानकारी गराउनु पर्ने आवश्यक रहेको जनाईन् । सोही अनुसार व्यवसायीहरुलाई आफुले प्रयोग गर्ने प्रविधिहरुमा जानकारी राख्न यो तालिम निकै फलदाईमुलक रहेको समेत जनाइन् । तालिममा सहभागी प्रमिला परियारले यो तालिमले सानो तिनो प्राविधिक समस्या हल सँगै मेशिन सेट गर्न समेत ज्ञान प्रदान गरेको जनाईन । पहिले सानो तिनो कुरा बिग्रिदा लाहान नै पुराउनु पर्ने हुन्थ्यो, यसले हामिलाई व्यवसायीमा निकै खर्च र दुख तुल्याउँथ्यो, मेशिन मर्मत तालिमले अब यो समस्या हट्ने भएको छ,, परियारले भनिन्’, उनिले तालिम पाएपछि ज्ञान बटुलेको भन्दै खुसी ब्यक्त गरिन् ।
माग अनुसारको तालिम पाएपछि व्यवसयाीहरु उत्साहित
१५ दिने मेशिन मर्मत तालिमले आफ्नो व्यवसायमा सहज बनाएको भन्दै तालिममा सहभागी व्यवसायीहरु उत्साहित देखिएका छन् । जतिनै कपडा सिलाउन आएपनि कपडा निर्माण गर्ने सामाग्रीनै बिग्रिएपछि के लाग्छ र ? तर अव सानो तिनो समस्याबाट हामि दुख पाउनु पर्ने अवस्था रहेन् सहभागीहरुले भने“, २० जना सिलाई व्यवसायीहरुले उक्त तालिमलाई ध्यान दिएर सिकेकाछन् । आफुलाई नभई नहुने तालिमका कारण पनि उनिहरुले यसलाई ध्यान पूर्वक सिकेको संघका अध्यक्ष प्रधान बताउँछीन् ।
महासंले सिलाई व्यवसायीहरुलाई पहिल्यै पनि तिन पटक तालिम उपलब्ध गराईसकेको प्रधानले जनाईन् । तालिममा सहभागी व्यवसायीहरुले यसलाई भरपुर प्रयोग गरेर पेसालाई थप सहज बनाउने र आर्थिक आम्दानीलाई उच्च बनाउने उदेश्य लिएका छन् । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा घरेलु माहासंघका केन्द्रीय सदस्य भरत थापा, माहासंघका जिल्ला अध्यक्ष मधुकर थापा, घरेलु कार्यालय प्रमुख नरेन्द्र पराजुली, त्रियुगा उद्योगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली, सिलाई व्यवसायी संघका जिल्ला अध्यक्ष ज्ञानु प्रधान, कार्यालय लेखा अधिकृत किष्ण घिमिरे, कोशेली घरका संञ्चालका रुद्र श्रेष्ठ लगायत सहभागीहरुको बिच सम्पन्न भएका थिए ।