आवरउदयपुर,चैत्र २०
खाँचोमा परेका परिवारलाई किफायती आवास उपलब्ध गराउँदै आएको हयाबिट्याट फर हयुम्यानिटी नेपालले त्रियुगा नगरपालिका क्षेत्रमा ‘ह्याबिट्याटसंग लिडर्स बिल्ड अभियान सुरु गरेको छ ।
घर निर्माणमा युवाहरुलाई स्वंयसेवकको भूमिका निर्वाह, पर्याप्त आश्रयको वकालत र किफायती आवासको समर्थन गर्न सचेतना जगाउने उद्देश्यले संस्थाले अभियान सुरु गरेको हो ।
त्रियुगा नगरपालिका वडानं ३ बाट सुरु गरिएको अभियानमा ४५ जना युवा स्वयंसेवक, सरकारी प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र हयाबिट्याट सामुदायिक घरधनीहरुको सहभागिता रहेको साझेदार संस्था हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक धुर्वराज कार्कीले बताए ।
अभियानमा जोडिएका स्वयंमसेवकले निर्माणचरणमा रहेका बाँसका घरहरुको जग निर्माण र घर निर्माण गर्न चाहिने ब्लक बनाउन सहयोग पुर्याउने उनले बताए । ‘हामी सँगै उठौँ समाजिक न्याय र जातिविहीनता’ भन्ने नारकासाथ सुरु गरिएको अभियानले स्वयंमसेवाका माध्यमबाट सभ्य आवसका लागि एकताको प्रयास सुरुवात हुने उनले बताए ।
अभियानमार्फत नगर क्षेत्रमा यस बर्ष ५० वटा घर निर्माणका कार्यक्रम रहेकोमा वडानं ३ मा १८ वटा निर्माण हुने कार्कीले बताए । सरकारी एजेन्सीसँगको साझेदारीमा स्थानीय स्रोतको अधिकतम प्रयोग गरी संस्थाले आवास, लघुवित्त र बजार विकास कार्यक्रमहरु सञ्चालन गर्दै आएको ह्याबिट्याटका इन्जिनियर विकास घिमिरेले बताए ।
त्यस्तै दीर्घकालीन आश्रय समाधानको लागि परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनाले निम्न आय भएका र सीमान्तकृत परिवारकालागि घर निर्माणमा योगदान पुरयाई सामाजिक परिवर्तनमा सघाउ पुर्याउँदै आएको उनले बताए ।
संस्थाले यसअघि त्रिनपा ४ वगाहामा शिवशक्ति टोल सुरक्षित आवास परियोजना उपभोक्ता समिति गठन गरी २० वटा घर निर्माण कार्य सुरु गरेको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।
‘एक किचनसहित दुई वटा कोठा तयार हुने घरको लागत जनश्रमदानसहित ५ लाख ३८ हजार लाग्छ, उनले भने, ‘त्यसमध्ये दुई=दुई लाख संस्था र नगरपालिकाले गरी चार लाख बाँकी श्रमदान वापत उपभोक्ता समिति र सम्बन्धित घरधनीको लाग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय