आवरउदयपुर,चैत्र ६
उदयपुरको विकट क्षेत्रका अधिकांस महिलामा पाठेघर र जेष्ठ नागरिकमा आँखाको समस्या देखिएको छ ।
वल्र्ड नेवर्स, रौतामाई गाउँपालिका, १ नम्बर वडा कार्यालय, मदन भण्डारी आँखा अस्पताल र जिल्ला अस्पतालको सहयोग तथा समन्वयमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।
शिविरमा स्वास्थ्य परीक्षण गरेका चार सय दुई जना मध्ये ८० प्रतिशत महिला र जेष्ठनागरिकमा पाठेघर खस्ने, मोतियाबिन्दु हाडजोर्नीको समस्या देखिएको उपचारमा संम्लग्ने प्रसुतिरोग विशेषज्ञ डाक्टर रितेशराज कर्णले बताए ।
‘महिला स्वास्थ्य सेवा लिन आएका एक सय १० जना धेरैको पाठेघर समस्या देखिएको छ, उनले भने, ‘त्यसमध्ये जटिल प्रकृतिका तीन जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ भने धेरै जनाको रिङप्रेशरी राख्ने, पाठेघरको मुखमा मासु पलाएकाहरुको निकाल्नु पर्ने, सफा गर्नु पर्ने जस्ता समस्या छन् ।
फिजिसिय विशेषज्ञ डाक्टर राहुल रौनियारले जेष्ठ नागरिकमा हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने बालबालिकामा लुतो जस्ता समस्या देखापरेको बताए । उनले फिजिसियनतर्फ एक सय २९ जनालाई सेवा प्रदान गरेको बताए ।
आँखा रोगतर्फ सेवा लिएका ९९ सय जना महिला र ५० पुरुष गरी १ सय ४९ ले सेवा लिएका छन् । त्यसमध्ये ३७ जनामा मोतियाबिन्दु देखापरेको र ६० जनाको आँखा कमजोर रहेकाले चस्मा लगाउन चिकित्सकले सुझाब दिएको शिविरमा रहेका मदन भण्डारी आँखा अस्पतालका कोषाध्यक्ष कुमार घिमिरेले जानकारी दिए ।
मोतियाबिन्दुको अप्रेशनका लागि मदन भण्डारी आँखा अस्पताल गाईघाटमा समन्वय गरी निशुल्क सेवा प्रवाह गरिने आयोजक हुरेण्डेकका सदस्य भरत खड्का जानकारी दिए । उनकाअनुसार चस्मा र औषधि रौतामाई गाउँपालिकाका वडाध्यक्ष रुद्र कार्कीले व्यक्तिगतरुपमा निशुल्क उपलब्ध गराएको उनले बताए ।
पाठेघर खसेका महिलाको निशुल्क उपचारका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेक उदयपुरले सञ्चालन गरेको नेपाल एकिकृत ग्रामिण विकास परियोजनामार्फत सहयोग गरिने हुरेण्डेकका कार्यक्रम संयोजक विनु सुबेदीले बताईन् । शिविरमा पाठेघर, फिजिसियन, आँखा, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, रिङप्रेसरी लगायतको सेवा प्रवाह गरेको उनले बताईन् ।
गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगरले ग्रामिण बस्तिमा स्वास्थय सेवाको अवश्था कमजोर रहेकाले आगामी दिनमा शिविर कार्यक्रमलार्ई निरन्तरता दिईने बताए । उनले रोग पहिचान र उपचार सेवालाई प्रभावकारी बनाउन पालिकाले विशेष योजना बनाउने बताए ।
गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र थापाले दुरदराजमा रहेकाहरुको स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको बताए । उनले स्वास्थ्य चौकीमा मेडिकल अधिकृत (एमविविएस) पठाउने सरकारको नीति कार्यान्वय भए मात्र उपचार सेवा प्रभावकारी हुने बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले दाउराको चुलो प्रयोग गर्दा धुँवाले आँखामा खरावी आएको र अधिकांस महिलाले आफ्नो समस्या नभनेकैकारण पाठेघरमा समस्या देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय