आवरउदयपुर,फागुन २२
प्रथम रौतामाई गाउँपालिका अध्यक्ष गोल्डकपको उपाधि गाईघाट फुटवल क्लवले चुमेको छ । रौता स्पर्पोटस क्लव मुर्कुचीले आयोजना गरेको प्रतियोगिताको आईतबार भएको अन्तिम खेलमा न्यु त्रियुगा स्पोर्टस क्लव फत्तेपुर सप्तरीलाई पछि पार्दै गाईघाटले जित निकालेको हो ।
निर्धारित ८० मिनेटको खेल १–१ गोलमा टुङ्गिएपछि खेल ट्राईव्रेकरमा परिणत भएको थियो । ट्राईव्रेकरमा ४–३ ले पछि पार्दै गाईघाटले उपाधि रक्षा गरेको हो ।
सुरुवातीचरणदेखि नै निकै प्रतिसपर्धात्मक भएको खेलको ७ औँ मिनेटमा गाईघाटका कृष्ण थापाले एक गोल गर्दै खाता खोलेका थिए । पहिलो हापमा एक गोलको अग्रताले जित निकालेको गाईघाटले मध्यान्न पछि सोचेअनुरुप लय निकाल्न सकेन । प्रतिउत्तरमा फत्तेपुरका मिरज चौधरीले ६७ औँ मिनेटमा एक गोल गर्दै खेल वरावरीमा परिणत गरे ।
ट्राईव्रेकरमा गाईघाटका दिलकुमार तामाङ्ग, देवराज चौधरी, कृष्ण थापा, लक्ष्मी पञ्जियारले गोल गरे भने फत्तेपुरकातर्फबाट गुलाफ माझी, युवराज श्रेष्ठ र समिर श्रेष्ठले गोल गरे । निर्धारित समय भित्र दुबै टिमले आक्रमक खेल खेलेपनि गोल निकाल्न सकेनन् । सुरुवातीदेखि नै राम्रो फिनिसिङ्ग निकालेको गाईघाटले थुप्रै गोल गर्ने अवसर पाएपनि गोल गर्न सकेन ।
जितसँगै गाईघाटले ५० हजार नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता फत्तेपुरले ३० हजार नगद र ट्रफीमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सात बिद्याका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिएको आयोजक रौता स्र्पोटस क्लवका अध्यक्ष हरी आलेमगरले बताए ।
उनका अनुसार खेलको म्यान अफ दि म्याच र उत्कृष्ट गोलरक्षक दुई विद्याबाट गाईघाटका निपछिरिङ्ग शेर्पा घोषित भए । त्यसैगरी वेष्ट डिफेन्स फत्तेपुरका मुकेश माझी, वेष्ट कोच गाईघाटका किरण कार्की घोषित भए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीकोरुपमा युवराज थापा, वेष्टमिडफिल्डर गाईघाटका अमन लामा र सर्वाधिक गोलकर्ता गाईघाटकै दिपक खपाङ्गी घोषित भए ।
विजेता र उपेविजेता समुहलाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर र उपाध्यक्ष भुपिन्द्र थापाले नगदसहित ट्रफीले सम्मान गरे । उदयपुरको त्रियुगा नगरपालिका १६ स्थित शुकौरा खेलमैदानमा भएको प्रतियोगितामा सिरहा, सप्तरी, र उदयपुर गरी ८ वटा टिम सहभागिता रहेको आयोजक सदस्य टेकराज रिखाम मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय