आवरउदयपुर, फागुन १०
दाङमा एक युवतीलाई जागिर मिलाईदिने भन्दै भारतको कोठिमा लगेर बेचेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । घोराही–१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । २० वर्षीया युवतीलाई रोजगारीको प्रलोभन देखाई भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाई माघ २१ गते भारतको चन्ढिगढ पुर्‍याईएकी रहेछन् । राम्रो कमाई हुने लोभ देखाई बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएर त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचेको रहेछ ।

कोठिमा बेचिएकी युवतीलाई १२ दिनसम्म बेवेश्वावृति गर्न लगाइएको वलीले बताए । युवती बेचिएको उनको परिवारले थाहापाएपछि प्रहरीमा उनकी आमाले उजुरी दिएकी थिईन् । उजुरीका आधारमा प्रहरीले विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई माघ १२ गते कोठीबाट उद्धार गरेको थियो ।

प्रहरीले पीडित युवतीलाई उद्धार गरेपछि होटल सञ्चालक दम्पतीलाई फागुन ४ गते प्रकाउ गरेको हो । पक्राउ परेका दुबै जनाको अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण० ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय