आवरउदयपुर, फागुन ७
कान्तिपुर पब्लिकेशनले सुनुवार समुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाबाट कान्तिपुर दैनिकले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका हुन् ।

उपाध्यक्ष सुनुवारका अनुसार देशकै ठूला भनाउँदा मिडियाले देशको जातिगत विविधता, धार्मिक, साँस्कृतिक र जातिगत विविधता बुझेर समाचार प्रकाशन प्रसारण भई दिओस् भन्ने हामी सबैको चाहना हुन्छ । तर कान्तिपुर दैनिकले विगत १० वर्षदेखि किरात धर्मावलम्बी सुनुवार जातिहरूलाई अन्य जातिको थरसँग सम्बन्धित थर राखेर समाचार प्रकाशन प्रसारण गर्नु दुस्खद पक्ष हो। हामी पटक(पटक सजग गराई सकेका छौँ, तर पनि कान्तिपुरले त्यसको कुनै वास्ता गरेको छैन ।

सुनुवार विद्यार्थी समाजका अध्यक्ष मनिषा सुनुवारले कान्तिपुर दैनिकले वास्तविक र तथ्यमा आधारिता नभएर सुनुवार समुदायमाथि निरन्तर भ्रमात्मक समाचार प्रकाशन गर्दा ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भयो । सुनुवार विद्यार्थी समाजले आफ्नो समुदायप्रतिको गलत समाचार प्रकाशन गर्दा हरेक पटक कान्तिपुर दैनिकका सम्पादकलाई सचेत गराउँदै आउँदा पनि सँधै त्रुटीपूर्ण समाचार प्रकाशन गर्नुले सुनुवार जातिलाई उपेक्षा गरेको बताए । उनले यसरी सँधै उपेक्षित गरेर समाचार प्रकाशन प्रसारण गर्दा कान्तिपुरले ठूलो दुर्घटना व्यहोर्नु पर्ने र त्यसको जिम्मेवार स्वयम कान्तिपुर दैनिक तयार हुनुपर्ने बताएका छन्।

कान्तिपुर दैनिकको श्रृङ्खलावद्ध आक्रमण
पहिलो आक्रमणस् वि।सं। २०७४ साल वैशाख ५ गते कृष्ण ज्ञवाली र नगेन्द्र अधिकारीले यस्तो थियो मैना सुनुवार हत्या प्रकण, तत्कालिन तीन सैनिक अधिकारीलाई दोषी ठहरू शीर्षकमा समाचार लेखेको थियो। उक्त घटनाको प्रमुख पीडित सुनुवार समुदाय नभई अन्य समुदाय पुष्टि गर्दै सुनुवार समुदायको साझा संस्था सुनुवार सेवा समाजले त्रुटी सच्याउन कान्तिपुर दैनिकलाई ध्यानाकर्षण गराएको थियो ।

दोस्रो आक्रमण स् वि।सं। २०७७ जेठ २५ गते गोकर्ण गौतम र भीमबहादुर सिंहले जाजरकोटबाट अझै छटपटाइरहेका छन् घाइते भन्ने समाचारका घाइते गोविन्द सुनुवार जोडिएको थियो तर उक्त घटनामा सुनुवार नभएर अन्य जाति रहेको पुष्टी भएपछि सुनुवार विद्यार्थी समाज संघीय समितिले कान्तिपुरका सम्पादकलाई तत्काल सच्याउन भनिएकोमा सम्पादकले आलटाल गरेपछि प्रेस काउन्सिल नेपालमा उजुरी दिई ध्यानाकर्षण गराएको थियो।
तेस्रो आक्रमणस् वि।सं।२०७९ फागुन ७ गते कान्तिपुर पब्लिकेशनको ३० औँ वार्षिक उत्सवको अवसरमा नारी नेतृत्व विशेषमा राज कुमार कार्कीले लेखेको अध्यक्षज्यूसँगै सोध्छन् अध्यक्षज्यू खोई शीर्षकको समाचारमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारको नाम पार्वती सुनारू भनि गैर समुदायरजातिसँग जोडेर समाचार प्रकाशन गरेका थिए ।

यी तत्थ्यहरूबाट प्रष्ट हुन्छ कि कान्तिपुर दैनिक सुनुवार समुदायको खिलाफमा छ । हरेक पटक सचेत गराउँदा गराउँदै पनि सुनुवार समुदायप्रति उपेक्षित ढंगले गैर समुदायलाई सुनुवार समुदायको ट्याग लगाउनु र सुनुवार समुदायलाई अन्य समुदाय तथा जाति भनेर समाचार प्रकाशन गर्नु सामान्य त्रुटी होइन बदनियत पुर्वक यस्तो गरेको पुष्टी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय