आवरउदयपुर, फागुन ७
आज ७३औं प्रजातन्त्र दिवस । देशैभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँने गरिन्छ ।

राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । विगतमा यो दिनको बेग्लै महत्त्व बोकेको फागुन ७ गते २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अहिले ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ लिएको छ ।

यद्यपी यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय