आवरउदयपुर, फागुन १
तुलसी बहुमुखी सहकारी संस्था गाईघाट शाखामा बचतकर्ताहरुको २३ करोड बढी बचत रहेको खुलेको छ । करिब ३ हजार माथी बचतकर्ताहरु रहेको उक्त सहकारीमा एकै ब्यापारीले साढे ४ करोड सम्म पैसा बचत गरेको खुलेको छ । गाईघाटमा रहेको उर्जा पेट्रोल पम्पले साढे ४ करोड पैसा बचत गरेको बुझिएको छ । उक्त रकम ब्याज पाउने आश्वासनमा ब्यापारीहरुले जम्मा गरेका थिए ।
यस्तै गरी एसके पेट्रोल पम्पले पनि १ करोड बराबरको रकम सो सहकारीमा बचत गरेको बुझिएको छ । पछिल्लो समय सहकारीका संञ्चालक फरार भन्ने समचारले गाईघाट शाखामा तनाव सिर्जना भएको छ । बिराटनगर केन्द्रीय कार्यालय रहेको उक्त शाखामा पैसा फिर्ता गर्न मुस्कील परेको छ । जम्मा २३ करोड ६६ लाख ३६ हजार जम्मा रहेको गाईघाट शाखाको रकम बिराटनगर पठाईएको बुझिएको छ । यता बचतकर्ताहरुले आफ्नो पैसा सुरक्षित फर्किने आश्वासनमा बसेको छ । उनिहरुले सहकारी सँग पटक पटक छलफल गरिरहेको छ । सहकारीले पनि बचतकर्ताहरुलाई पैसा फिर्ता गर्ने कुरा बताएको छ ।