आवरउदयपुर माघ, २५
नेपाल सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारअन्तर्गत कार्य पूरा नगर्दा चिनियाँ पक्षले काम अघि बढाउन सकिरहेको छैन ।
आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लियर’कै काममा सरकार अलमलिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुने कलंकीदेखि महाराजगञ्ज खण्डमा नेपाल पक्षले ‘साइट क्लिअर’ अझै सम्पन्न गरेको छैन ।
‘साइट क्लियर’ सम्पन्न नहुँदै नेपाल सरकारले चिनियाँ पक्षलाई दुईपटक बोलाएर विस्तार कार्य अघि बढाउन अनुरोध गरिसकेको छ । चिनियाँ पक्षले भने शतप्रतिशत ‘साइट क्लियर’ नहुँदासम्म काम नथाल्ने अडान राख्दै आएको छ ।
नेपाल सरकारले ‘साइट क्लियर’ सम्पन्न भएको जनाएपछि चिनियाँ पक्ष एक महिनाअघि ‘फिल्ड भिजिट’मा आएको थियो । तर, निर्माणस्थलमा मन्दिर देखेपछि चिनियाँ पक्ष फर्कियो । करिब एक वर्षअघि पनि नेपालले चिनियाँ पक्षलाई विस्तार कार्य हस्तान्तरणका लागि बोलाएको थियो । स्वयम्भूस्थित ‘दुईवटा बिजुलीका पोल नहटाएको’ भन्दै चिनियाँ पक्ष फिर्ता भएको थियो । राजधानी दैनिकबाट