आवरउदयपुर माघ, २२
प्रेस चौतारी नेपाल उदयपुरले स्थापना गरेको बैकुण्ठ–उषा पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसीप्रसाद कोईराला पुरस्कृत भएका छन् ।
२५ औँ स्थापना दिवसको अवसरमा आईतबार सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार कोईराला पुरस्कृत भएका हुन् । संगठनले आईतबार नै एक लाख राशीको उक्त पुरस्कार स्थापना गरी कोईरालालाई पुरस्कृत गरेको अध्यक्ष पुरुषोतम सापकोटाले बताए ।
उनले भने, ‘दाताले प्रदान गर्नु भएको एक लाख दश हजार ५१ रुपैँया मध्ये दश हजार ५१ रुपैया पुरस्कार दिएका छौ, बाँकी रकम मुद्दती खातामा जम्मा गरिएको छ । जम्मा भएको रकरमबाट आएको व्याजले बर्षेनी एक जना कृयाशिल पत्रकारलाई पुरस्कार गरिने उनले बताए ।
अध्यक्ष सापकोटाले भने, ‘यो सुरुवात मात्र हो यसलाई आगामी दिनमा थप गर्दै लैजाने सहमति भएको छ । ‘साँवा रकम खर्च गर्न नपाउने गरी कोषको स्थापना गरेका हौ, दाता बैकुण्ठ दाहालले भने, ‘व्याँजको रकम पनि पत्रकारिता पुरस्कार भन्दा वाहेक खर्च गर्न पाईन्न, कृयाशिलताका आधारमा साँवा रकमलाई थप गरिने छ ।
चौतारीले स्थापना दिवसको अवसरमा पुरस्कार राशी घोषणा र वितरणसँगै बालबालिकालाई पत्रकारितामा रुची जगाउन बालभित्रे पत्रिका प्रकाशन सम्बन्धि अनुशिक्षणको आयोजना गरेको छ । सदरमुकाम गाईघाटस्थित निजी बिद्यालयहरुसँगको समन्वयमा प्रत्येक बिद्यालयबाट दुई जना सहभागि रहने गरी एक दिने अनुशिक्षणको आयोजना गरेको सचिब राकेश नेपालीले जानकारी दिए ।
दुबै कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री मन्जुकुमारी चौधरीले जनताको आवाज वुलन्द गर्ने निकाय भनेकै प्रेस जगत भएकाले एमाले मिडियामैत्री पार्टी भएको बताईन् । विगतका जनआन्दोलनहरुमा पत्रकारिता क्षेत्रले पुर्याएको योगदानको स्मरण गर्दै उनले भनिन्, ‘मिडियाकै शक्तिका कारण मुलुकको विकासमा टेवा पुगेको हो ।
पुर्वमन्त्री चौधरीले एमालेका नेता कार्यकर्ताबाट गल्ती र कमिकमजोरी भए त्यसलाई वाहिर ल्याएर सचेत गराईदिनसमेत अनुरोध गरिन् । त्यसैगरी केन्द्रिय सदस्य तथा उदयपुर जिल्लाका सहइन्र्चाज अम्बिका थापाले मुलुक परिवर्तनका लागि संचार क्षेत्रको उल्लेखिय योगदान रहेको बताईन् । उनले सत्यताका लागि शक्तिसँग नझुक्ने एक मात्र क्षेत्र सञ्चार भएकाले यसको गरिमालाई कायम राख्दै अघि बढ्न अपिल गरिन् ।
कार्यक्रममा नेकपा एमालेका सचिब तथा चौदण्डिगढी नगरपालिकाका प्रमुख कालुमान लामा, पुर्वप्रेस चौतारीका उपाध्यक्ष कुशलबाबु बस्नेत, प्रेस चौतारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज रेणु पराजुलीले बोलेका थिए । सोही अवसरमा नेपाल पे्रस युनियन परित्याग गरी प्रेस चौतारी नेपालमा प्रवेश गर्नु हुने क्रियाशिल पत्रकार अन्जनीकुमार अधिकारीलाई स्वागत गरिएको थियो ।