उदयपुर /२०७९,१०,१३ /उदयपुरमा एक युवकले आफ्नो नगरिकता जलाएका छन् ।“आफै जल्नुभन्दा जलाउनु बेस लाग्यो” भन्दै स्टाटस लेखेर आफ्नो फेस्बुकबाट लाइभ गर्दै सुर्य बहादुर तामाङ नाम भै उदयपुर जिल्ला रिस्कु ८ ठेगाना भएको आफ्नै नागरिकता जलाएका छन्।अदातलले रवि लामिछाने सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उपप्रधान तथा गृहमन्त्री पदवाट राजिनामा दिएको केही घण्टामा तामाङले यस्तो गरेको थियो।रविको राजीनामाले उनको मनमा चोटपुगि यस्तो गरेको हुन सक्ने आकलन गरिएको छ।सर्वोच्चको आजको फैसलाले एकातिर रवि पक्षबाट चर्को नाराबाजी र प्रदर्सनि गरिरहेको छभने अर्का एकतर्फबाट नेपालमा न्याय मरेको छैन नेपाली नागरिकता त्याग्ने लाई नेपाली नागरिक भन्न सकिँदैन भन्ने टिकाटिप्पणि भै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय