हिमाल राई
बराहक्षेत्र नगर पालिका वडा नं १-२ ले प्यारालाइसिस पिडित भइ हिडडुल गर्न नसक्ने व्यक्तिहरूलाई हुइचियर प्रदान गरेर छ।

बराहक्षेत्र वडा न.१ नमुना बस्ती चतरा बस्ने वर्ष ७३ शुभ माया मगर प्यारालाइसिस पिडित भइ घर मै थला पर्नु भएको थियो।
उहाँको छोरा जित बहादुर मगरलाई हुइलचियर वडा न.१ का वडा अध्यक्ष श्री किसान मगरले हस्तान्तरण गर्नु भएको थियो।

तेसै गरि वडा नं २ जव्दि बस्ने प्यारालाइसिस पिडित भइ हिडडुल गर्न नसक्ने वर्ष ५५ राजु बि.क.लाई पनि वडा न.२ का वडा अध्यक्ष श्री होम प्रसाद गौतमले उहाँको श्रीमती रम्भा वि.क.लाई हुइलचियर हस्तान्तरण गर्नु भएको थियो।

प्यारालाइसिस पिडित भइ‌ पूर्ण रुपले सरीरको अङ्ग नचलेर ओछ्यानमै थाला
परी कुजियर बस्नु पर्ने अवस्था मगर र वि.क.मा सृजना भइको थियो।

त्यस्तै वडा १ वडा अध्यक्ष किसन मगरले भने शारीरिक अशक्त भएका व्यक्तिलाई असुविधा महशुस हुन नदिने उद्देश्यले उक्त सामाग्री वितरण गरेको बताए।

वडा बासीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हुइल चियर वितरण गरिएको कुरा अपाङ्ग रोक थाम तथा पुनर्स्थापना कार्यक्रम बराहक्षेत्रका सहजकर्ता राजेश कटुवालले जानकारी दिदै भने केही समय पछि वडा नं १-२ का प्यारालाइसिस पिडित भई ओछ्यानमा थला परेका व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय