आवरउदयपुर, पुस २१
मधेशी समाज उदयपुरको सातौ बार्षिक साधारणसभा प्रथम अधिवेशन एकैदिन हुने भएको छ । एकता, सहिष्णुता र पहिचान न्याय प्रगति र आत्मासम्मान भन्ने मुलनारा सहित मधेशी आयोगका अध्यक्ष माननिय डा. विजय कुमार दत्तको प्रमुख आतिथ्यतामा जिल्लाभरी रहेको मधेशी अगुवाहरुको वृहत सहभागितामा सम्पन्न हुने मधेशी समाज उदयपुरका अध्यक्ष सत्यनारायण झाले बताउनु भयो । राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा योगदान पुर्याउने साथै राज्यबाट प्राप्त हुने सेवासुविधा र अवसरहरुमा मधेशी समुदायको पहुच पुर्याउने उद्देश्यले गठन भएको मधेशी समाजले केहि उल्लेखनीय कामहरु गर्दै आएको अध्यक्षको भनाइ छ ।
मधेशी समुदायमा रहेको उत्पीडित वर्ग, महिला, वालवालिका, युवा, दलित, आदिवासी, मुस्लिम तथा पिछडा वर्ग, जेष्ठनागरिक, एकल महिला, अपाङ्गता भएका र द्धन्दपिडितका लागी सरोकारवाला निकायहरुसँग सहकार्य गरी सामाजिक सुरक्षा लक्षित कार्यक्रमहरु संचालन गर्दै राज्यको ध्यानाकर्षण गराउनु मधेशी समाजको मुख्य लक्ष्य रहेको अध्यक्ष झा ले भन्नु भयो । १५ गते होटल टाउनहलबाट मोटर साइकल र्याली निस्केर बजार परिक्रममा गर्ने १६ गते विहान ९ः३० मा प्रभातफेरी वजारपरिक्रममा गरि कार्यक्रम स्थलमा आई कार्यक्रम सुरु हुने महासचिव ललित शाहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय