मङ्सिर २३/हिमाल राई
पत्रकारिता गरिरहेका पत्रकार गजेन्द्र राई प्रहरी हिरासतबाट मुक्त भएका छन्।
उदयपुरबाट पत्रकारिता गरीरहेका पत्रकार गजेन्द्र राईलाई समचार प्रकाशित गरेको बिषयमा रिपोर्टिङकै सिलसिलामा उदयपुर प्रहरीले विना पक्राउ पुर्जी विना पक्राउ गरेको थियो।
समाचार लेखेकै आधारमा ‘साईबर क्राईम’ अन्तर्गत अभियोग लगाइ उदयपुर प्रहरीले रिपोर्टिङकै सिलसिलामा नियन्त्रणमा लिएर काठमाडौं पठाएको थियो।
पत्रकार गजेन्द्र राईले
‘नातामा ससुरा-बुहारी बीच अनैतिक सम्बन्धको भएको आरोप लगाउँदै स्थानीय बासिन्दाहरुले दिएको प्रमाण,आधार तथा आरोपित द्वय द्वारा स्वीकारयुक्त कागज समेत गरेको प्रसस्त प्रमाण सहित आधारमा भिडियो सामग्री प्रकाशित,प्रसारण गरेको थिए।
पत्रकार महासंघ उदयपुरकि उपा अध्यक्ष गंगा राईको अनुसार
सामाजिक बिकृति, विसंगति बिरुद्ध ससक्त कलम चलाउनु कुनै पनि पत्रकारको पेशागत धर्म र कर्तव्य समेत भएको कुरा उल्लेख गर्दै विना सर्त रिहाइ माग गर्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेपाल फोटो पत्रकार महासंघ लगायत पत्रकारहरुका सम्बद्ध विभिन्न सध सस्थाहरुले देशभरका कलमजीविहरु पत्रकारहरु एकेवद्दता जनाउदै अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने उल्लेख गरी प्रमुख जिल्ला अधिकारीहरुलाई ध्यान आकर्षण गर्दै
ज्ञापनपत्र बुझाएका थिए।
पत्रकार गजेन्द्र राई विरुद्ध प्रहरीले लगाएको अारोप अदालतमा थुनछेकको बहस पछि पत्रकार राई सामान्य धरौटीमा ५० हजार रुपैयाँ बुझाएर आज सुक्रबार रिहा भएका छन्।
पत्रकार गजेन्द्र राई नेपाल महासंघ उदयपुर निवर्तमान सहसचिब, रेडियो नेपालका उदयपुर संम्बाददाता,फोटो पत्रकार महासंघका केन्द्रीय सचिव तथा फोनिजका केन्द्रीय सदस्य समेत रहेका र निगरानी पोष्ट डटकमका सञ्चालक समेत रहेका थिए।






