आवरउदयपुर मंसिर २०
बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बिच पेट्रोल पम्पको उदघाटन गर्नु भएको छ ।
नरैनापुर गाँउपालिका वडा नं.५ मटेहियामा स्टार रिफ्युलिङ्ग सेन्टर सोमबार देखि संचालनमा आएको छ । पेट्रोल पम्पको उदघाटन गर्दै अध्यक्ष शाहले भन्नुभयो, बाँकेको सबै भन्दा दुर्गम मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीको विस्तार संगै इन्धन विक्रेताको समेत विकास र विस्तार भइरहेको भन्दै अध्यक्ष शाहले विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
अध्यक्ष शाहले ‘पम्प सञ्चालनमा आए संगै उपभोक्ताहरुलाई पेट्रोल र डिजेल लिन नेपालगंज वा भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको थियो ।
यस्तै पम्पका संचालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताउनु भयो ।
हाल आयात भइरहेको युरो- ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि आफूहरुले निमाणर् गरेको पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको जानकारी गराउनु भएको थियो ।
उहाँले भन्नुभयो,स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून छ । नरैनापुरमा निमाणर् गरिएको पम्प बाँके जिल्ला कै अत्याधुनिक पम्प रहेको संचालक खाँले जानकारी गराउनु भएको थियो । पम्पको उदघाटन कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह,वडा नं. ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव, जिन्सी शाखा प्रमुख भरत महतो र माओबादी केन्द्रका नेता इमरान खान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय