हिमाल राई/मङ्सिर १९
उपराष्ट्रपति नन्दकिशोर पुन(पासङ) आज प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र मन्दिर दर्शनका लागि आएका छन।
उप राष्ट्रपति पुनले कोका र सप्तकोशी नदीको संगम स्थल पुगि पुजा गरी पवित्र जल ल्याई हिन्दूहरु पवित्र तीर्थस्थल बराहक्षेत्रमा पुजा पाठ तथा दर्शन गर्नु भएको कुरा मन्दिर पुजारी किरण भण्डारीले जानकारी दिनुभयो।
पुजा गरी सकेपछि स्थानीय बासिन्दाहरुले उप राष्ट्रपति पुनलाई माला,खाँदा लगाइ स्वागत गरेको कुरा स्थानीय वाइ. सि.एल प्रदेश सदस्य तथा बराहक्षेत्र नगर अध्यक्ष प्रेम धिमिरे जानकारी दिए।
उप राष्ट्रपति पुन बराहक्षेत्र मन्दिर परिसर अन्दाजी ४५ मिनेट सम्म रहेर दृश्य अवलोकन तथा भलाकुसरी गर्नु भएको कुरा इलाका प्रहरी कार्यालय चक्रधटीका प्रहरी निरीक्षक राजेश दल जानकारी दिए।
माअाेवादी बराहक्षेत्र नगर अध्यक्ष कमल कटुवालले भने उप राष्ट्रपति पुनको बराहक्षेत्र मन्दिर आउने कुनै पनि अनौपचारिक कार्यक्रम भने थिएन तैपनि पुर्व आएको समयमा बराहक्षेत्रका मन्दिर दर्शन गर्न मनसाय व्यक्त गरी सकेपछि सुरक्षा निकायसँग समन्वय गरी दर्शन गर्ने जाचो पाचो मिलाएको कुरा कटुवालले जानकारी दिए।
उप राष्ट्रपति पुन आजै काठमाडौं फर्किने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय