मंसिर,१३/उदयपुर उदयपुर जिल्लाको १ नम्बर क्षेत्रको मत गणनालाइ बहिष्कार गरि मुर्दावादको नारा लाउदै नेकपा एमालेका उमेदवार तथा नेता कार्यकर्ता गणना स्थल बाट बाहिएका छन् । गणना हुँदै गर्दा प्रदेश सभाको मत प्रतिनिधिसभाको बक्समा भेटिएपछी सुरु भएको बिवाद पछि मत गणना स्थगित गरिएको थियो।सर्वदलिय बैठक मा नेकपा एमालेले पुन मतदान हुनुपर्ने माग राखेपछी बैठकले कुनै ठोस निर्णय लिन सकेको थिएन।तर निर्वाचन आयोगले मत गणना सुरुगर्नु अघि बनाइएको आचार संहिता अनुसार गणनालाइ सुचारु गर्ने निर्देशन दिएपछी आज बिहान पुन:८ बजेदेखि सुरु गर्ने सुचना अनुरुप सुरुहुन नपाउदै नाराबाजी सुरु भएको हो।एक लौटी शासन गरि ज्याजति भयो भन्दै बाहिरिएका नेकपा एमालेले पुन:मतदान हुनुपर्नेजोड दिदै विज्ञप्ति समेत निकालेका थिए।तर सुनुवाइ नभएपछी बहिष्कार गर्नुपरेको नेकपा एमालेका जिल्ला अध्यक्ष परमेस्वर घिमिरेले बताए।अध्यक्ष घिमिरेको नेतृत्वमा उम्मेद्बार सहित बाहिरिएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय