हिमाल राई
रवि लामिछानेले स्थापना गरेको ५ महिनामा घण्टीले
पाएको सफलता मुख्य कारण दल,पार्टीले जनताहरु प्रति जनअपेक्षा अनुरुप कार्य तथा
सामाजिक उत्तरदायित्व पुरा नगरी राज्यको रकम दुरुपयोग र दोहन गरी नेताहरुको जिवनस्थर मात्र उच्च भएको कारण असन्तुष्टि,आक्रोश वितृष्णाको एक झलक हो।
राजनैतिक पार्टी,दलका कार्यकर्ताहरुको आफ्नो नेताहरुलाई विश्वास नगरी परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारहरुलाई एक चोटी विश्वास गरी मत दिए हुन।
जनताहरुले आफ्नो अमुल्य मत नयाँलाई एक चोटी मौका दिने उद्देश्यले रविको घण्टी प्रति गएको हो।
अब राजनीतिमा रविको दललाई ५ वर्ष सम्मको लागि आजबाट परिक्षण शुरु भएको छ।
जनताहरुले यसको मुल्यांकन गरी रहेका हुन्छन् भन्ने हेक्का राख्न आग्रह गर्दछु।
रविले जनता प्रति गरेको वाचा अनुरुप कार्य गर्न तथा जनअपेक्षा चलन आग्रह गर्दै रवि जिलाई जितको शुभकामना व्यक्त गर्दछु।
घण्टीबाट जितेर सांसद भवन प्रवेश गर्नु हुने सम्पूर्णलाई हार्दिक बधाई।