आवरउदयपुर २०७९ कार्तिक २९ त्रियुगा नगरपालिकाले आज एक सूचना जारी गर्दै कार्तिक ३० गतेदेखि बिदा दिने निर्णय गरेको छ । आसन्न मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन लाई मध्यनजर गरि ६ दिन विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले बताए ।
वनका अनुसार त्रियुगा नगरपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) सार्वजनिक बिदा दिइएको हो । नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरु विभिन्न मतदान केन्द्रहरुमा निर्वाचन सम्पन्न गर्न खटिने भएकाले नगरभित्र बिदा घोषणा गरिएको जानकारी दिए।