आवरउदयपुर, कार्तिक २३
निर्वाचन आयोगले जारी गरेको आचार संहिताले स्थानीय तहका जनप्रतिनिधिले आफूले जितेको वडा तथा पालिकामा पार्टीको भोट माग्न बर्जित गरेको छ ।
तर, विराटनगर महानगरपालिकाको २ र ३ नम्बर वडाका वडाध्यक्षले एमालेका उम्मेद्वारको प्रचार गर्दै हिंडेको पाइएको छ । विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेल क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेद्वार विनोद ढकालको मत माग्न आफ्नै वडामा परिचालित भएका हुन् । उनी ढकालसँगै घरदैलो कार्यक्रममा हिंडेका छन् । वडाध्यक्ष पोखरेल वडा नम्बर २ स्थित सिंघीया खोला छेउको वस्तीका भित्री सडकमा चुनावी प्रचारमा हिंडेका हुन् ।
यस्तै एमालेबाटै निर्वाचित विराटनगर ३ का वडाध्यक्ष बासु बहादुर बस्नेतले आफ्नो सवारी साधनलाई एमालेको प्रचार सामाग्री बोल्ने साधन बनाएका छन् । आफ्नै गाडीमा प्रचारसामाग्री लिएर उनी वडाका विभिन्न ठाउँमा जनताको घरघरमा पुगिरहेका छन् । मंगलबार उनी विराटनगर ३ स्थित पोखरिया स्कुलबाट दुर्गाचोक जाने सडक वन कार्यालय छेउमा प्रचार सामाग्रीसहित देखिएका थिए ।
आचारसंहिता विपरीत चुनावी प्रचारमा हिंड्ने वडाध्यक्ष पोखरेल र बस्नेतलाई कारबाही गर्नुपर्ने काँग्रेस र माओवादीका कार्यकर्ताले निर्वाचन दबाब दिएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ (पहिलो संशोधन)को परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणबारे उल्लेख छ । उक्त परिच्छेदको ५ (क) मा नेपाल सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय