२०७९ कार्तिक ४/हिमाल राई:-
बराहक्षेत्र नगर पालिका वडा नं २ तथा ७ जोडने गहने खोलामा मेयर निलम खनालको कार्यकालमा नगर पालिकाको रु १५ लाख बजेटमा बाटो र पुल बन्यो सबै खुसीले गदगद भए देवीधाट पुग्न (आउ जाउ गर्न) दुरी छोटीएकोमा पुनः नगरपालिकाको जेसिपि प्रयोग गरी बनाएको बाटो भत्कायो कारण के हो?
सम्बन्धित सरोकारवाला निकायबाट चितबुझ्दो जवाफ सुन्न जन्ता आतुर छन्।
उक्त बाटो भत्काएको कारण हाल सप्तकोशी क्याम्पस पढ्न जाने आउने विधार्थी अन्य यात्रु तथा किशानहरुलाई समस्या,असुविधा तथा सास्ती भएको छ।
यस बारेमा सम्बन्धित सरोकारवाला निकायको ध्यान आकर्षण होस।