भाद्र २९, नेपालगन्ज ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामुनी ल्याउन सफल भएको बताउनुभएको छ । बाँकेका
बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेको बताउँदै मन्त्री अथकले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की
छानामा ल्याईएको बताउनुभएको हो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री अथकले
विद्यालयहरुमा टिनको छाना बिस्थापित गरी पक्की कक्षाकोठा निर्माण गर्ने अभियानले सार्थकता पाउँदै गएको बताउनुभयो । आफु साँसदका रुपमा निर्वाचित
भएलगत्तै सुरु गरीएको अभियानबाट जिल्लाका ३२ बढि विद्यालयमा एक सयको हाराहारीमा पक्की कक्षाकोठा निर्माण गर्न सफल भएको भन्दै उहाँले खुसी
समेत ब्यक्त गर्नुभयो ।
भवन उद्घाटन गर्दै मन्त्री अथकले आफु बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने भएकाले समग्र बाँके जिल्लाको बिकास र समृद्धिका लागि निरन्तर लागिपरेको
बताउनुभयो । नेपालगंज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा बिकास गर्न गरिएको प्रयासका कारण केही काम अघि बढेको बताउँदै मन्त्री
अथकले छिट्टै त्यसले पूर्णता पाउने विश्वास समेत ब्यक्त गर्नुभयो ।

नौवस्ता औद्योगिक क्षेत्र, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्ड हलसँगै कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी निर्माणको
प्रक्रिया अघि बढिसकेको बताउँदै मन्त्री अथकले सिक्टा सिँचाई आयोजना, राप्तीपारी विद्युतिकरण र हुलाकी सडक निर्माणकालागि गर्नुपरेको संघर्षले
आफुलाई थप जिम्मेवार र लगनशिल बनाएको बताउनुभयो । उहाँले अन्तर प्रदेश जोड्ने सडक संजालअन्तर जिल्ला जोड्ने सडक संजाल, स्वास्थ्य र शिक्षाको बिकास, भेरी बबई डाईभर्सनसंगै अन्य थुप्रै बिकास र समृद्धिको प्रकिया अघि बढिसकेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ ले २०४० सालमा स्थापना भएको बिद्यालयको बिकासका लागी धेरै नेताहरुले आश्वासन
दिएपनि काम नगरेको दुखेसो पोख्नुभएको थियो । उहाँले मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे पक्की भवन निर्माण
गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा बिद्यालयको भौतिक पुर्वाधार बिकासका साथै खेलमैदानलाई ब्यवस्थित बनाईदिन पनि मन्त्री
अथकसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय