भदौ २३/काठमाडौ, किरात राई समुदायको साझा एवं स्वतन्त्र संस्था किरात राई यायोक्खा ११ औं केन्द्रिय महाधिवेशनमा जुटेको छ । महाधिवेशनको उद्घाटन १ नं. प्रदेशको मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख अतिथ्यतामा अशोज ८ गते काठमाडौंको राष्ट्रिय सभागृह र अरु दुई दिन कृषि बिकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरको बोडेमा हुने बन्दसत्र हुने यायोक्खा केन्द्रीय अध्यक्षसमेत रहेका महाधिवेशन आयोजक समिति संयोजक दिवस राईले बताए । महाधिवेशन सफल पार्न महासचिव जनक राईको संयोजकत्वमा प्रतिनिधि पर्यवेक्षक,प्रचार विभाग प्रमुख समेत रहेका सचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा प्रचार प्रशार, कोषाध्यक्ष देवान राईको संयोजकत्वमा आर्थिक व्यवस्थापन लगायत १३ वटा उपसमिति गठन गरेर यायोक्खा महाधिवेशनमा जुटेको केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राईले बताए । आयोजक समितिले गोलो, नारा सार्वजनिक गर्दै साउन ४ गते काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा पत्रकार सम्मेलनको अयोजना गरी महाधिवेशन बारे जानकारी दिएका थिए । महाधिवेशनको लागि पर्चा, पम्प्लेट र निमन्त्रणा कार्ड जिल्ला, जिल्ला पठाएर प्रचार भइरहेको महासचिव जनक राईले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय