आवर उदयपुर/भदौ ११ नेपाली हिन्दुनारिहरुको महान पर्व हरितालिका तिजको सुभकामना आदान प्रदान कार्यक्रममा भड्किलो र खर्चिलो बनाउदै विकृति तिर लैजान हुन्न भन्ने सन्देश दिएका छन।देखासेखी,आफ्नो भएनी नभएनी रिणमा भएनी लाउनै पर्ने एक महिना अगाडि देखि दरखाने कार्यक्रम राख्नैपर्ने पछिल्लो समय निकै खर्चिलो हुन थालेपछी यस्ता विकृति विसङ्गतिलाइ कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने मुल नाराका साथ राखिएको कार्यक्रममा ओरेक नेपालका सचिव सबिता पोख्रेलले पछिल्लो समय निकै विध्वंस पाराले तिजलाइ मनाउन थालिएको जनाएकी छिन।रौतामाइ हितकेन्द्र र कन्चन सामुदायिक बहुउदेश्य सहकारी संस्थाको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्दै पोख्रेल ले भड्किलो गित संगीत,खर्चिलो गरगहना लत्ताकपडा,एक महिना देखि दर खाने कार्यक्रमको न्युनिकरण गर्न जरुरी भएको बताइ्।उनले भनिन केही नखाइ निराहार व्रत बस्नुपनी स्वास्थको लागि निकै हानिकारक भएको भन्दै व्रत बस्दा प्रसस्त पानी फलफुल खानुपर्नेमा जोड दिएकी छिन।सहकारी संस्थापकअध्यक्ष फुल कुमारी मगर(राधा)का अनुसार व्रत बस्दा शिव जस्तो श्रीमान पाउनु,बिहे भएपछी व्रत बस्दा श्रीमान् को आयु लामो हुनु अन्धबिस्वास भएको भन्दै आयु लामो हुनुमा खानपान र स्वास्थमा बिशेष ध्यान दिनुपर्ने बताइन। २०५६ सालमा स्थापना भएको हितकेन्द्रले मानव अधिकरको क्षेत्रमा निरन्तर काम गरिरहेको अध्यक्ष गिता के.शि ले बताइन।सहकारी का अध्यक्ष कुमारी आले भन्छिन् सामाज परिवर्तन गर्न सुरुवाती आफुबाट गर्नुपर्छ,हामिले लामो समयदेखी विकृति विसङ्गती को अत्य गर्दै महिला आफैमा सबल हुनुपर्छ भन्दै विभिन्न महिलाहरुको हकहित को आवाज उठाउदै बिभिन महिला लक्षित कार्यक्रम गर्दै आएकाछौँ।
हितकेन्द्रको सभाहल मुर्कुचिमा भएको कार्यक्रममा महिला नेता गिता खड्का,सम्झना तामाङ,गोमा कार्की,बिना राई,मैयाँ मगर लगायत २०० बढी महिला हरुको उपस्थित रहेको थियो।कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो।