आवरउदयपुर,भाद्र ८
उदयपुर /राष्ट्रीय सभा अध्यक्ष गणेश तिमिल्सीना सहितको टोलीले आज भाद्र ७ मा बेलका नगर स्थित कोशी नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ।अध्यक्ष तिमिल्सीना सहित राष्ट्रिय सभा सदस्यहरु रमेसजड० रायमाझी, गोपी अछामी लगायत प्रदेश नं १ प्रदेश सभा सदस्य बिमल कार्की लगायतको टोलीले कोशी नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको हो ।
निरिक्षणका क्रममा अध्यक्ष तिमिल्सीनाले कोशी नदी नियन्त्रणका लागि बायो ईन्जिनियरीड० प्रवृधि उपयुक्त हुने बताउदै कोशी नदी समस्याको दीर्घकालिन समस्या समाधानका लागि आवश्यक कार्य अगाडी बढाउन पहल गर्ने धारणा राख्नुभयो।
बेलका नगरका नगर प्रमुख असोक कार्कीले नगरपालिकाको तर्फबाट कोशी नदी नियन्त्रण तथा रोकथामका लागि गरीएका प्रयासहरुका साथै बिपत न्युनिकरणका लागि गरेका कामहरुको बारेमा अध्यक्ष तिमिल्सिना लगायतको टोलीलाई जानकारी गराउदै कोशी नदि रोकथाम तथा नियन्त्रणका लागि सरकारसंग थप सहयोगकाे माग गर्नुभयो।
गत श्रावण १८ गते कोशी नदीमा आएको बाढीको भँगालो नदी पश्चिम तर्फ प्रवेश गर्दा बेलका नगरको वडा नं ८,९,३ र २ का करिब २५ सय जना जनता प्रभावित भएका थिए।प्रभावित जनताहरु मध्ये २ सय १० जनालाई नगरपालिकाले सुरक्षित वासस्थानमा राखेर खाद्धन्न सहितको सेवा दिईरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष पदम खड्काले बताउनुभयो ।प्रवक्ता खड्काकानुसार कोशी नदीमा पानीको बहाव घटेसंगै धेरै जसो बाढी पिडीत घर फर्कि सकेको भए पनि अझै केही बाढी पिडीतहरु नगरपालिकाको सेल्टरमै रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय