उदयपुर
जनता समाजवादी पार्टीका त्रियुगा नगर कमिटी उपाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको मुल नेतृत्वको ढुलमुले प्रवृतिले पार्टी संगठन कमजोर बन्दै गएको भन्दै उपाध्यक्ष लक्ष्मीनारायण चौधरी एमालेमा प्रवेश गरेका हुन् ।
उनी २०७९ को स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिका वडानं १२ को वडाध्यक्ष पदका उमेदवार थिए । चौधरीलाई पार्टी कार्यालय पुरानोगाईघाटमा एमाले पोलिटव्युरो सदस्य मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य अम्बिका थापा, प्रदेश कमिटी उपसचिब शैलेश लामा, सदस्य बैकुण्ठनाथ दहाल, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, उपसचिब टेकबहादुर राउत, सचिवालय सदस्यद्धय महेश्वरी राई र सृजना दनुवार, नगर अध्यक्ष केशव घिमिरे लगायतले स्वागत गरेका थिए ।
नवप्रवेशी चौधरीले विगतलाई स्मरण गर्दै भने, ‘विगतमा मैले गल्ति गरेकै हो, त्यसको समिक्षा गर्दै पुरानै घर फर्किएर आएको छु माया गरिदिनुस । ‘विचमा आफ्नै कारणले बाटो विराए र जसपामा होमिए, चौधरीले भने, ‘अव त्यस्तो भुल कदापी हुनेछैन्, त्यो अन्जानवस भएको गल्तिलाई आत्मसाथ गर्दै आएको छु, निस्वार्थ ढंगले काम गर्छु ।
‘धेरै नेता तथा कार्यकर्ता बाटो विराएर गएका थियौँ, चौधरीले भने, ‘उहाँहरु पनि फर्कने मुडमा हुनुहुन्छ त्यसको लागि संम्बादलाई बढाउनु पर्ने देखिन्छ । पार्टी सामन्तबाद र एकात्मक चरित्रबाट बढेको बताउँदै उनले भने, ‘त्यहाँ कोही नेता कार्यकर्ता बस्न सक्ने अवश्था छैन्, क्रमश फर्कने नै हो, त्यसका लागि पहल गर्न जरुर छ ।
फोटो क्याप्सन ः नेता चौधरीलाई केन्द्र, प्रदेश, जिल्ला र नगरका नेताहरुले अविर र खादा ओढाएर स्वागत गरेका थिए ।