उदयपुर/साउन ३१
संघिय सरकार मन्त्री परिषद बैठकले बेलका नगरपालिकालाई बाढी संकट ग्रस्त क्षेत्र घोषणा गरे पछि सप्त कोशी नदी पश्चिम धारमा बॉध बाधिने भएको छ।श्रावण २६ गते बसेको मन्त्री परिषद बैठकले बेलका नगरको सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरे पछि नदी पश्चिम बॉध निर्माण हुने भएको हो। बेलका नगरको कोशी कटान नियन्त्रण तथा बस्ती डुवान क्षेत्र संरक्षणका लागि मन्त्री परिषदको निर्णयले बॉध निर्माणका लागि बाटो खुलाईदिएको बेलका नगरका नगर प्रमुख अशोक कार्कीले बताए।
नगर प्रमुख कार्कीले भोली श्रावण ३१ गते नै प्राविधीकहरुको टोली प्रभावित क्षेत्र पुगेर लगत स्टिमेट तयार गर्ने बताए।पहिलो चरणामा कटान क्षेत्रसम्म पुग्ने बाटो निर्माण गरिने छ, नगर प्रमुख कार्कीले बताए।बाटो निर्माण संगै दुई चार दिन भित्र नै स्थानिय प्रभावित जनताहरुसंगको सहकार्यमा काम सुचारु गरिने छ, कार्कीले बताए।
श्रावण २४ गते बसेको नगर प्रमुख स्तरिय बैठकले बेलका नगरलाई बाढी संकट ग्रस्त क्षेत्र घोषणा गरिनका लागि जिल्ला बिपद व्यावस्थापन समितीलाई सिफारिस गरिएको बेलका नगरका सुचना अधिकारी चेतनाथ गौतमले बताए।यस अघि नितिगत तथा कानुनी समस्याका कारण तत्काल नदी नियन्त्रणमा समस्या रहेको बताईए पनि अहिले जटिल किसिमका समस्या नरहेको नगर प्रवक्ता पदम खड्काले बताए।
सप्तकोसी नदीको बाढीले बढी क्षति पुर्याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
यही साउन १८ गते बिहान सप्तकोसीमा आएको बाढीको भंगालोले नदीको पश्चिम तर्फ कटान गरी बाढी बेलका नगरको वडा नं ८,९,३ र २ का बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्र प्रभावित भएका थिए ।
सप्तकोसीले कटानबाट तटीय क्षेत्रका १५ हजार बढी नागरिक प्रभावित भएका छन् । बर्षा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ भने अझैसम्म पनि केही प्रभावित जनता नगरपालिकाले राखेको सेल्टरमा बसिरहेका छन्।भने पानीको बहाव घटेसंगै केही जनताहरु घर फर्किएको नगरका प्रवक्ता खड्काले जानकारी दिए।
कोशी कटान हुनासाथ बाढी प्रभावित क्षेत्रमा संघिय सरकारका परराष्ट्रमन्त्री डा० नारायण खड्का ,प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायतले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए।