उदयपुर
नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले स्थानीय तहको निर्वाचनमा पराजित हुनुमा विपक्षी दरुहरु विचको गठबन्धन नै प्रमुख कारक भएको निष्र्कष निकालेको छ ।
अढाई महिनापछि भएको समिक्षा कार्यक्रममा एमाले विरुद्धको मोर्चाबन्दी, सत्ताको चरम दुरुपयोग, पार्टी भित्रको आन्तरिक द्धन्द्ध रहँदा निर्वाचनमा अनपेक्षित पराजित भोग्नु परेको निष्र्कष निकालिएको हो ।
कार्यक्रममा आठ वटै वडाका प्र्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुले रिपोर्टिङ्ग गरेका थिए । त्यसक्रममा जिल्ला कमिटी र प्रदेश कमिटीका सम्बन्धित भुगोलका सदस्यहरुलेसमेत निर्वाचनमा देखिएका समस्या र गरिएका प्रयासका बारेमा समिक्षा गरेका थिए ।
उनीहरुले पार्टी भित्रका नेता कार्यकर्ता विचको मेलमिलाप नहुनु, टिकट वितरण न्यायोचित नहुनु, विगतमा अन्तरघात गर्नेहरुलाई कार्वाही नगर्नु, पार्टी भित्र अनुशासन र सुशासन कायम हुन नसक्नु निष्कर्ष निकालेका छन् ।
त्यसैगरी आफुले टिकट पाउँदा मात्र ठिक अन्यका लागि नखटने प्रवृति हावी हुनु, चुनावी कार्ययोजना बन्न नसक्नु, गोप्य सूचना चुहिनु, विगतका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्न नसक्नु, पार्टीका नेता र कार्यकर्ताबाट उमेदवार विरुद्ध अर्नगल प्रचार गरिनुले पनि निर्वाचनमा पराजित हुन थपमलजल गरेको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश कमिटी उपसचिब शैलेश लामाले आफ्ना उमेदवारलाई अन्र्तघात गर्ने कसैलाई छुट नभएको हुँदा प्रमाण खोजी कार्वाही गरिने बताए । उनले भने, ‘टिकट पाउनु भन्दा अघि आन्तरिक लडाइ गर्नु, आफ्नो पंक्षमा बनाउनु खोज्नु स्वभाविक हो, तर जव टिकट वितरण सकिन्छ त्यसपछि अन्तरघात गर्नु त्यो राजनीतिक अपराध हो, जो एमाले भित्र कसैलाई छुट छैन् ।
‘निर्वाचनको निर्मम समिक्षा गरौ, उपसचिब लामाले भने, ‘सच्चिने ठाउँ छ भने दियौँ, यदि त्यस्तो छैन् भने घर भित्र सर्प पालिन्न । त्यसअघि उनले थपे, ‘क्यान्सर फाल्दा तत्काल दुख्छ, पोल्छ कालान्तरमा रोग निर्मुल हुन्छ, त्यसैले अलि-अली घाउँ छ भने बेलैमा औषधि उपचार गरौ ।
कार्यक्रममा एमालेका अध्यक्ष परमेश्वर घिमिरेले नेता भित्र भावनात्मक एकता हुन नसक्नुले पनि निर्वाचनमा पराजित हुन मलजल गरेको बताए । उनले पार्टीको जिम्वेवारी र सामुहिक काम पुरा गर्नेभन्दा पनि व्यक्तिगत टिकट केन्द्रित स्वार्थ रहँदा अझ धेरै समस्या भएको बताए ।
अध्यक्ष घिमिरेले निर्वाचनमा शत्रुसँग एक जुट भएर लड्नु पर्ने बेलामा छिन्नभिन्न भएर लड्ने पराम्पराले अन्तत पार्टीलाई कमजोर बनाउँदै गएको औल्याए । पार्टीका जिल्ला कमिटी उपसचिब भरतबहादुर थापाले विगतलाई समिक्षा गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाएर लैजानु पर्ने धारणा राखे ।
कार्यक्रममा निर्वाचनमा अन्तरघात गर्ने पालिका कमिटीका सचिवालय सदस्य रौतामाई गाउँपालिका ३ लाफागाउँका चन्द्रबहादुर कार्की र कमल कार्कीलाई कार्वाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गर्ने निणर्य भएको पालिका कमिटी अध्यक्ष केशव राईले बताए । त्यसैगरी गाउँपालिकाको १ करोड ३० लाख बराबरको योजना समयमा भुक्तानी नगरी आगामी आर्थिक बर्षमा ऋणको भार थपिएकोमा असहमति जनाई दोषि उपर कार्वाही गर्न तत्काल छानविन समिति बनाउन पालिकासँग माग गर्ने निणर्य भएको उनले बताए ।
कार्यक्रममा पार्टी सदस्यता विस्तार, नविकरण जस्ता कार्य एप्समार्फत गर्न ८ वटै वडामा फोकलपर्सन तोकी अघि बढाउने र साउन २८ गते सदरमुकाममा हुने प्रशिक्षण कार्यक्रममा उत्साहपुर्वक उपस्थिति हुने निणर्य भएको अध्यक्ष राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय