उदयपुर,२०७९साउन भावना राई ,उदयपुर जिल्लाको त्रियुगा नगरपलिका १० बासबारी मा रहेको महिला सुरक्षावासमा पर्याप्त कोठा नहुदा हिंसा प्रभावित महिला,किशोरी लाई सेवा दिन कठिन भएको ओरेक नेपालका उदयपुर जिल्ला इन्चार्ज पम्फा पुरिले जानकारी दिएकी छिन।ओरेक नेपाल शाखा कार्यलय उदयपुर र त्रियुगा नगरपालिकाको साझेदारिमा संचालित महिला सुरक्षावासमा १२वटा मात्र कोठा छन।कोठाको क्षमता भन्दा बढी हिंसा प्रभावित सेवाग्राही आउने भएकोले व्यवस्थापन गरि सेवा प्रदान गर्न कठिन भएको पुरिको भनाइ छ।
वर्षेनि पिडित महिलाहरुको सङ्ख्या घट्ने भन्दा बढ्ने क्रम भएपछि सेवाग्राहिको सङ्ख्यापनि बड्दो मात्रामा रहेको छ।उदयपुर जिल्लाको सदरमुकाम गाइघाटमा जिल्ला स्तरीय रुपमा संचालन भएको सुरक्षावास सेवा केन्द्रमा उदयपुर जिल्लाको मात्र नभएर छिमेकी जिल्लाको पनि सेवालिन आउने हुदा अझ बढी समस्या भएको उनको भनाइ छ।क्षमता भन्दा बढी धान्न नसक्ने भएपछी कहिले अन्य जिल्ला रेफर गरिने त कहिले भएको ठाउमा दुखले राखेर सेवा प्रदान गर्दै आएको बताएकि छिन।पिडित लाई तत्काल सेवादिनुपर्ने अबस्था छ तर बस्ने ठाउको समस्या हुदा पिडितलाई अन्य कुनै स्थानमा पठाउन पर्दा आफु दुखी हुने बताउछिन। उनले भनिन उदयपुर जिल्लाभरी रहेको स्थानिय तहले कम्तिमा सुरक्षावासलाई व्यवस्थित र केही कोठाहरु थपी फरक क्षमता भएको सेवाग्राहिको लागि बाटो,सौचालय निर्माणमा ध्यान पुर्याइदिनु भए अझ बढी सेवा दिन सकिने बताइन। -उदयपुर जिल्लामा २०७८/०७९ भित्रमा आउने हिंसाको प्रकृति र दिएको सेवा यसप्रकार छन् । १/घरेलु हिंसा ५६ जना,२)सामाजिक हिंसा ८ जना,३)यौन हिंसा ११ जना,४)अन्य अलपत्र ११ जना २/उमेरगत 0देखि ९ वर्ष भित्रको २ जना -१० देखि १९ वर्ष भित्रको २५ जना -२० देखि २९ वर्ष भित्रको ३० जना -३० देखि ३९ वर्ष भित्रको १७ जना -४० देखि ४९ वर्ष भित्रको ९ जना -५५० देखि ५९ वर्ष भित्रको २ जना -७० देखि माथी १ जना रहेको छ। ३/जातिगत विवरण -१)पहाडे ब्राह्मण/क्षेत्री महिला २७ जना,पहाडे जनजाति ३३,तराई जनजाती८,पहाडे दलित १५,तराइ दलित३ रहेकोछ। ४/शैक्षिक अवस्था -निरक्षर १९ जना,आधारभुत ३६,माध्यमिक २९,स्नातक २ छ्न। ५/स्थान वा क्षेत्रको आधारमा कुन नगरपालिका,गाउँपालिका मा कति ? १)त्रियुगा नगरपालिका ३२ जना,बेलका नगरपालिका ६,रौतामाइ गाउँपालिका६,चौदन्डीनगरपाकिका ५ जना,लिम्चुङ्बुङ गाउँपालिका ३ जना,उदयपुरगढी गाउँपालिका ११ जना,कटारी नपा५ ,ताप्ली गाउँपालिका १ जना रहेको छ भने उदयपुर भन्दा अन्य जिल्लाबाट सेवा लिन आएका -चितवन १, खोटाङ १, मोरङ ४, सिराहा १, महोतरी १, सप्तरी १, मकवानपुर २, झापा १, इलाम १ सुनसरी २, त्यसै गरि बोल्न नसक्ने ठाउँ थाहा नभएको संख्या १ रहेको छ । त्यस्तै २०७८/०७९ भित्रमा सबैभन्दा बढी प्रभावित नगरपालिका मध्य त्रियुगा नपा छन भने गाउँपालिका मध्यमा सबैभन्दा बढी उदयपुरगढि गाउँपालिकामा रहेको जानकारी दिए। लैङ्िगक हिंसा लाई अन्त्य गर्न अब आउनेदिनहरुमा पिडित लाई सेवा दिदै,प्रभावकारी भुमिका खेल्ने इन्चार्ज पम्फा पुरिले जानकारी दिए।सुरक्षावास सेवा केन्द्रमा हिंसा प्रभावित महिला,किशोरीहरुलाइ खाने बस्ने व्यवस्था हुने गरेको छ।