OU, साउन १२ उदयपुर
नेकपा एमाले उदयपुरले आगामी निर्वाचनलाई लक्षित गरी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।
संघ र प्रदेशको निर्वाचन नजिकिँदै जाँदा पार्टी संगठन र कार्यकर्तालाई वैचारिक स्पष्टता र सांगठानिकरुपले एकताबद्ध बनाउन एमालेले साउन २८ गते प्रशिक्षण कार्यक्रमको तय गरेको हो ।
सदरमुकाम गाईघाटमा सञ्चालन हुने प्रशिक्षणमा पार्टीले जारी गरेको अन्तर कमिटी निर्देशन अनुसार विभिन्न तह र तप्काका गरी ६ सय बढि नेता कार्यकर्ताकोे सहभागिता रहने अध्यक्ष परमेश्वर घिमिरेले बताए ।
उनका अनुसार प्रशिक्षणमा जिल्ला कमिटी, विभाग, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मंच, जनसंगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, पालिका कमिटी पदाधिकारी, स्कुल, संगठन विभागका प्रमुख तथा सदस्य, पार्टी वडा कमिटी अध्यक्षहरुको सहभागिता रहने छ ।
६ वटा शिर्षकमा केन्द्रित रही आयोजना गरिएको प्रशिक्षणको सहजिकरण स्थायी कमिटी सदस्य तथा प्रदेश इन्र्चाज देवराज घिमिरे, हिक्मत कार्की, डा. शिवमाया तुम्वाहाम्फे र प्रदेश कमिटीका उपसचिब शैलेश लामाले गर्ने जनाइएको छ ।
प्रशिक्षणमा आगामी निर्वाचनको तयारी, स्थानीय निर्वाचनको सन्देश शिक्षा, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार, राष्ट्रको मुख्य शक्तिकारुपमा नेकपा एमालेको भुमिका अभिवृद्धी, पार्टी र जनप्रतिनिधि विचको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाटै समाजवादका आधार तयार गर्न पार्टीले खेल्नु पर्ने भुमिकाका बिषयमा प्रशिक्षित गराईने उनले बताए ।
त्यसैगरी महंगी लगायतका जनसरोकारका विषयमा आन्दोलन उठाउन जनसंगठन परिचालन, प्राकृतिक विपत्ति र विपद् व्यवस्थापनमा पार्टीको स्वंयमसेवी संरचना तयारी राख्ने, पार्टी पङ्तीलाई अनुशासित बनाउने, आर्थिकरुपमा स्वस्थ एवंम व्यवस्थित बनाउन केन्द्रिय अनुशासन निरीक्षण र केन्द्रिय लेखाआयोगबट प्रशिक्षित गराउने गरी तयारी थालिएको उनले बताए ।
प्रशिक्षणको खर्च व्यवस्थापनका लागि प्रति सहभागिता एक सय रुपैँया राखिएको उनले बताए । कार्यक्रमलाई भव्य र व्यवस्थित गर्न पार्टीको क्षेत्रीय, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, स्थानीय र वडा तहका बैठक र भेला बसी कार्ययोजना तयार गरिएको सचिवालय सदस्य तथा जनवर्गिय संगठन सम्यन्त्रका प्रमुख सृजना दनुवारले बताईन् ।