OU, साउन १०
उदयपुर, द्धन्द्ध पीडित परिवारलाई सामाजिकरुपमा स्थापित गर्न उदयपुरमा एक कार्यक्रम सञ्चालन गरिने भएको छ । दश बर्षे सशस्त्र जनयुद्धकाक्रममा परिवार गुमाएका, अङ्गभङ्ग, विस्थापित र वेपत्ता भएकाहरुलाई सामाजिकरुपमा स्थापित गर्दै न्यायमा पहुँच पुर्याउन द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालले कार्यक्रमको तय गरेको हो ।
गत पुस महिनादेखि सदरमुकाम गाईघाटमा कार्यलय सञ्चालन गरी न्यायमा पहुँच सवलीकरण परियोजना सञ्चालन गर्दै आएको संजालले मंगलबार जिल्लाका सरोकारवाला निकायलाई परियोजना बारे जानकारी दिएको हो ।
कार्यक्रममा द्धन्द्धपीडितका समस्यामा केन्द्रित रही परियोजना जिल्लाभरी संचालन गरिने कार्यक्रम संयोजक दुर्गा कार्कीले बताईन् । द्धन्द्ध पीडितलाई मनोपरामर्श सेवासमेत सञ्चालन गर्दै आएको संजालले द्धन्द्धपीडितको तथ्यांक संकलन, समाजमा स्थापित गर्ने गरी मेलमिलाप कार्यक्रम, वहस, पैरवी, कानुनी सहायता र पहुँच कार्यक्रम सञ्चालन गरिएको उनले बताईन् ।
चार जना कर्मचारीबाट सुरु गरिएको कार्यक्रममा महिला समुह गठन गर्ने र गाउँमा पुगेर मेलमिलाप गराउने, द्धन्द्ध पीडितको व्यवस्थापन, न्यायका लागि वहस गर्ने जस्ता कार्यक्रम रहेको संजालका अध्यक्ष कल्पना ढकालले बताईन् ।
उनले भनिन्, सबैभन्दा पहिला द्धन्द्ध के हो, किन द्धन्द्ध हुन्छ र शान्ति प्रकृयाको अवश्थाको बारेमा समुदायलाई बुझाउनुकासाथै समस्यामा रहेका द्धन्द्धपीडितलाई मनोपरामर्श मार्फत दैनिकीमा सुधार ल्याउने लक्ष्य रहेको उनले बताईन् ।
कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले द्धन्द्धपीडितको भौतिक र मानव विकास हुने गरी काम गर्न सुझाब दिईन् । उनले अझै पनि समाजमा द्धन्द्धपीडितलाई हेर्ने दृष्टकोण सकारात्मक नभएकाले पुर्नःस्थापना हुने गरी काम गर्न आग्रह गरिन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य सृजना दनुवार, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य सम्झना तामाङ्ग, जिल्ला समन्वय समितिका सदस्य गोमा ढुंगाना लगायतले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय