हिमाल राई/बराहक्षेत्र, साउन १०
बराहक्षेत्र नगर पालिका वडा नं १ बस्ने अति बिपन्न,असक्त अपाङ्ग तथा असहाय झ्याल बुट्टे राईको मृत्यु भए पछि श्रीमति तथा दुई नाबालक छोराहरूलाई लालन पालन तथा खाना लाउन समस्या परेको कुरा सामाजिक सन्जालमा हिमाल राईले अपिल गर्दै पोष्ट गरे पछि वराहक्षेत्र नगर पालिका वडा नं १ का वडा अध्यक्ष किसन थापा तथा वडा सदस्य कुमार भट्टराईले स्वर्गीय राईको परीवारलाई केहि समयका लागि पुग्ने खाद्यान्न सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराएका छन्।
अतिबिपन्न,असक्त,
अपाङ्ग तथा असहाय कृष्ण कुमार माङपाङ राई झ्याल बुट्टेले यहि २०७८ पौष १ गतेका दिन राईको मृत्यु भई सकेको छ।
श्रीमानको मृत्यु भए पछि परिवारलाई अार्थिक समस्या परे पछि दैनिकी जिवन दुख,कष्ट पुर्ण विताउन वाध्य भइ रहेको कुरा स्व.राईको श्रीमती कृष्ण माया राईले बताउनु भयो।
स्व.राईको एक श्रीमती दुई नाबालक छोराहरू जेठा छेन्विहाङ राई वर्ष ११ को र कान्छा छोरा विविहाङ राई वर्ष १० को रहेका छन् ।
उनिहरु अौलिया मा.बि. चतरामा कक्षा ६ मा अध्यान गरी रहका छन।
स्व.राईको मृत्यु पछि विभिन्न सामाजिक संघ,सस्था तथा व्यक्तिगत रुपमा अार्थिक तथा खाध्यान्न लगायत सामाग्रीहरु उपलब्ध गराई रहेका छन्।
स्व. झ्यालबुट्टे राईको श्रीमती कृष्ण माया राई वर्ष ६५ को नागरिकता हाल सम्म पनि नबनाएको कुरा जननिर्वाचित बडा १ का सदस्य कुमार भट्टराईले बताउदै भने स्व.राईको श्रीमतिको नागरिकता नहुदा एकल महिला भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट बन्चित रहेकि छिन्।
नागरिक वनाउन आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बडा नं १ का वडा अध्यक्ष किसन थापाले वडाको तर्फबाट नागरिक वनाउन,नानिहरुको स्कुल पोषक,झोला,लगायत सामाग्रीहरू तथा वडाको तर्फबाट पाउनु पर्ने सेवा सुविधा उपलब्ध गराउन पहल कदमि गरी दिने प्रतिबद्धता जनाएका छन।
Write to Ganga Rai