हिमाल राई बराहक्षेत्र
यो हाम्रै देश नेपालको गाउँ वस्तीको गरीविको वास्तवीक यर्थाथ कथा हो।
सुनसरी वराहक्षेत्र नगर पालिका वडा नं १ बगुवा खोरीया वस्तिमा बस्ने पुर्ण बहादुर विश्वकर्मा
थर भएका अति विपन्न ५ जना परीवारको घरको एथार्थ,वास्तविक कथा हो।
एक श्रीमती
दुई छोरा,एक छोरी रहेका छन् उनीहरुको परीवारमा।
अयश्रोत बाटो भनेको पिता पुर्खा गर्दै आएको परम्परागत पेशा आरान(फलाम काम) हो।
खुकुरी,हसिया,खुर्पा कोदालो,अादि बनाउनु मर्मत गर्नु हो।
आरनको काम नहुँदा दैनिकी ज्याला मजदुरी वनिबुतो गरे वापत आएको रकमबाट दुई छाक टार्न मुस्किल पर्छ तैपनि दुख सुख जेनतेन घर व्यवहार चलाउदै आएका कुरा पुर्ण बहादुर विश्वकर्मा बताउदै भने
हावापानी आएको बेला आश्रय लिने सुत्ने-भात पकाउने खाने ठाउ सम्म हुदैन खरले छाएको घरमा पानी चुहिए पछि।
पानी परेको समयमा भोक-भोकै वस्नु-सुत्नु परेको तितो धटनाहरु प्रसस्तै छन उनिहरुसग।
हावापानी आएको वेला खरले छाएको छानो हावाले उडाइ दिइ हाल्छ।
यता-उता टाल्यो यसरी दिन-रात कटाएको पनि वर्षौ भयो यो झुपडीमा।अहिले त झन वर्षादको समयमा पानी पर्दा दैनिकी जस्तै भएको छ यो परीवारको लागि।
आर्थिक अवस्था कमजोर तथा नाजुक भए पछि टिनको छानो हाल्न नसकेको र बाध्य, बिवश हुदै तेहि आफ्नो घरलाई मर्मतसम्भार गर्दै बस्दै आएका कुरा पुर्ण बहादुर विश्वकर्माले बताए।
यि यस्ता वास्तविक गरिब दुखीहरुको आवाज तथा समस्यामा नत राज्य, स्थानीय जननिर्वाचित प्रतिनिधिहरु,प्रतिपक्ष दलका नेता,कार्यकर्ताहरु समाजिक अभियन्ताहरु तथा दलित सेवा समितिको पदअधिकारीहरुको नजर कहिले पुग्ने हो?

यो पुन्य कार्यमा प्रतक्ष्य अप्रतक्ष्य रुपमा जोडिएर आफ आफ्नो क्षेत्र, पेशा,ठाउँबाट साथ सहयोग गर्न चाहानु हुने
मनकारी,सहयोगी दाताहरुले आर्थिक तथा भौतिक सामग्रीहरु सहयोग गर्न सक्नु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय