२०७९असार/कटारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अनिल किराँती ले सार्बजनिक गरेका छन्।कटारी नगरपालिकाको कुल बजेट खर्चबारे सार्वजनिक गर्ने पहिलो राई हुन।गत वर्षहरुमा बजेट सार्बजनिक गर्ने गरेको थिएन।नगरपालिकाले चालु आर्थिक वर्षको ८० करोड ४६ लाख ५० हजार ५ सय ६४ रुपैंया ५ पैसामध्ये ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको हो ।
नगरपालिकाका प्रमुख अनिल किरातिका अनुसार कुल बजेटको चालु खर्च ९२ दशमलव ९६ प्रतिशत र पूजींगत खर्च ८२ दशमलव ९८ प्रतिशत रहेको छ । त्यसैगरी कुल बजेटको आर्थिक विकास तर्फ ६६ प्रतिशत ६२ प्रतिशत सामाजिक विकास तर्फ ९२ दशमलव ७४ प्रतिशत खर्च भएको छ ।
अधिकृत किरातीका अनुसार पूर्वाधार विकास तर्फ ९० दशमलव ४३ प्रतिशत खर्च हुँदा वन वातावरण तथा अन्र्तसम्बन्धित क्षेत्र तर्फ ९३ दशमलव ४५ प्रतिशत र सुशासनतथा संस्थागत विकास तर्फ ९३ दशमलव ८५ प्रतिशत को वित्तिय प्रगती भएको छ । यस चालु आर्थिक वर्षमा १० प्रतिशत बजेट कटारी नगरपालिकाले खर्च गर्न सकेन ।
अधिकृत किरातीले पूजींगत खर्चको प्रगतीमा कमि देखिएको जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्षमा गम्भिर छलफल गरेर वित्तिय प्रगतिको तथ्यांक बढाउनु पर्ने पनि किरातीले उल्लेख गर्नुभयो ।
यस वर्ष प्रमुख प्रशासकिय अधिकृत किरातीले नगरपालिकाको अफिसियल फेसबुक पेज तथा व्यक्तिगत फेसबुकबाट समेत चालु आर्थिक वर्षको खर्चबारे सार्वजनिक गर्नुभएको हो । ‘विगत वर्षहरुको र हालको खर्चको प्रगतीबारे अध्ययन गर्छौं ।’किरातीले भन्नुभयो ‘ खर्च भएर गएका योजनाको बारेमा पनि अध्ययन गछौं र सार्वजनिक गर्छौं ’
कटारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भने ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैंयाको वार्षिक नीति , कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेको छ । गएको १० असारमा सम्पन्न नगरको नवौै नगरसभाले आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट सार्वजनिक गरेको हो । कटारी नगरमा चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि ४ करोड ३ लाख बढी बजेट कमी छ ।
स्रोत,जनताभ्वाइस






