
OU, असार ५ गते
उदयपुरमा मृत फेला परेको महिलाको कुटपिटबाट हत्या भएको स्थानीयहरुले आरोप लगाएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ नागवेली बस्ने खड्ग ब. राईको ३७ वर्षीया श्रीमती दिल कुमारी राई शनिवार मृत फेला परेकी थिइन् ।
प्रहरीका अनुुसार राईको खाना खाई सुतेकै अवस्थामा मृत्यु भएको जनाएको छ, तर स्थानीयहरुले भने मृत महिलाको कुटपिटबाट हत्या भएको आरोप लगाएको छ ।
हिजो बिहान १०ः५५ बजे अस्थाई प्रहरी पोष्ट नेपालटारमा टेलीफोन मार्फत घटनाको जानकारी आएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकसहितको प्रहरी टोली खटिएको थियो । कानुनी प्रकृया पुरा गरि शव पोष्टमार्टमको लागि बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्लाका प्रहरी नायव उपरिक्षक तथा डिएसपी सन्तोष आचार्यले बताउनुभयो ।