
आवरउदयपुर जेष्ठ २३,उदयपुर
विगो एप्स मार्फत राईमुलघर संस्था २०७७ सालमा स्थापना गरि यस संस्थामा देश तथा बिदेशमा रहेका सम्पूर्ण किराती समुदायलाई समेटी बनाएको ग्रुपले सामाजिक अभियानमा निकै ठुलो प्रभावकारी कामहरु गर्दै आएको छ।विगो लाइभमा बसेरआएको रकमजति हुन्छ सबै सामाजिक काममा खर्च गर्ने राईमुलघरका संस्थापक अध्यक्ष गायिका मेनुका राईले जानकारी दिएकी छिन्।
राईमुलघर संस्थालेयस्तै क्रममा उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका नेपालटार निवासी वर्ष ३१ को कैलास सार्कीको जीवन बाच्ने आसामा इँटा थपिदिए संगै उनको जीवन फेरियको छ,अब आखाको समस्याको कारण काम गर्न नसक्ने समस्या बाट मुक्त भएको छ ।लामो समयदेखि अँखा माथि सानो मासु पलाएको जस्तो भएर सुरुवात भएको घाउ झन् बढ्दै गएपछि क्यान्सर होकी भनेर सताएको कैलासलाई अब बाचिन्छ भन्ने आसा लागेको छ,सामान्य जचाउनपनि पैसा नभएपछी पिडा सहेर घरमै बसेका कैलासलाई नेपाल पत्रकार महासंघ साखा उदयपुरका उपाध्यक्ष गंगा राइले घरमै गयर स्वास्थ्यबारे जानकारी लिएपछि नेपाल सरकारले गर्ने स्वास्थ्य उपचारको लागि व्यक्तिगत पैसा लगाएर स्वास्थ्य बिमा गरिदिएकि थिइन् स्वास्थ्य बिमा पश्चात एकलाख बराबरको उपचार त नेपाल सरकार बाट पाउने भए तर जान आउन कुरुवा बस्न खान र बिमा भित्र नपर्ने सेवाको लागि खर्च जुटाउन नसकेपछि झनै समस्यामा परेका कैलासलाइ राईमुलघर संस्थाबाट रु.३५,०००/पैतिस हजार रकम सहयोग गरेपछि उपचार सम्भव भएको बिरामीका दाजुले बताए।काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड मा उपचार गरेका कैलास लाइ अहिले निकै सहज भएको र क्यान्सर समेत परिक्षण गर्दा क्यान्सर नभएको पुष्टी भएपछी नयाँ जीवन पाएको भन्दै खुसि व्यक्त गरेका छन् ।यस्तै यस संस्थाले कोभिड को बेलामा राहत वितरण,खाना बनाएर ख्वाउने,साकेला उधौली उभौली,किरातराई साँस्कृतिक कलाकार संघ,आश्रम लगायत थुप्रै ठाउँमा सहयोग गरेको अध्यक्ष राइले जानकारी दिएकीछिन् ।विगो लाइभमा बस्दा आफ्नो कला प्रस्तुत गर्ने,देशतथा बिदेशमा रहेका सम्पुर्ण नेपालिदाजुभाई दिदीबहिनीको हाल खबर बुझ्ने जस्ता कार्यहरु हुने गरेको राईले बताईंन ।अध्यक्ष राई रास्ट्रिय हुन् उनले थुप्रै गीतहरु रेकर्ड गर्नुका साथै थुप्रै स्टेज कार्यक्रम हरुमा आफ्नो कला प्रस्तुत गरेकी छिन् ।भने किरातराई कलाकार संघको एक खम्वा समेत हुन् ।
:आर्थिक सहयोग र सम्पूर्ण उपचारकको लागि गंगा राइले समन्वय गरेकी हुन् ।
पहिलेअहिले