धरान सुनसरी,
धरान स्थित घोपा बचाउ अभियानमा जुटेका अभियान्ताहरु रोडमा निस्किएर आन्दोलन गरेको ५५ औ दिनमा अभियानकर्ता र उपकुलपतिको टिम संग वार्तामा राखेपछि आन्दोलन लाइ रोकेको नेपाल महिला एकता समाज सुनसरी जिल्लाका अभियान्ता सिता मगरले जानकारी दिनु भएको छ।घोपाक्यामको लापरबाही,बेथिति,भ्रस्टाचार,सिस्टम नराम्रो,जनतालाई दुखदिने यो समस्या धारानको मात्र नभएर आम सेवा लिन आउने सेवाग्राहीको समस्या हो भन्दै थालेका अभियानमा काठमाडौंबाट हामि नेपालि ग्रुपबाट ३ जना अभियान्ताहरु आफुहरु संगै जोडिएर हातमा हात साथमा साथ दिदै अभियानलाई अझै बलियो बनाएको मगरको भनाइ छ ।निरन्तर आन्दोलन चर्की रहदापनि ५४ दिन सम्म केहि सुनुवाई भएको थिएन उल्टै हामीमाथि सुरक्षाकर्मी खटाएर न्यायादिनुको साटो अन्यायमा पारेको उनको भनाइ छ ।स्वास्थ्य जस्तो कुरामा खेलवाड गर्न पाइन्न सरसफाइ हुन पर्यो,हस्पिटलमा बेड छैन,सौचालयको ढोका छैन,सौचालयमा पानि छैन यी सबैको समाधान नभए हामीलाई वार्ता गरेर मात्र थम्थमाउन खोजेको भए जब सम्म सुधार हुदैन तवसम्म हामि छोड्दैनौ स्वास्थ्य जस्तो जटिल कुरामा हामी सबैको सधै निगरानी रहने कुरा प्रस्ट पार्नु भएको छ ।
:तस्बिरमा समस्यामा नाराहरु यसरी लेखिएका थिए ।
१. २.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय