
आवरउदयपुर
नावालिका गायिका माथि करणी गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका अभिनेता पल शाह फेरिपनि छुटेनन् ।बिहेगर्छु भनि आफुमाथि पटक पटक यौनसोषण गरेको भन्दै उजुरी हालेकी गायिकाले पछिल्लो समय अदालतमा आफुलाई दुर्व्याबहार भएको छैन भन्ने खालको बकपत्रमा बयान फेरेपनि पल छुटेनन् ।२५ दिन हिरासतमा बसेर पुर्पक्षका लागि तनहु र नवलपुर जिल्ला अदालतले कारागार पठाएका शाहको ७१ दिन पछी उच्च अदालत पोखरा इजलासमा पेशी थियो ।गायिकाले बयान फेरेको कुरा बाहिर आएपछि पलका फ्यानहरुले पक्कै धरौटीमा रिहा हुन्छ भनेर अड्कल काटेका थिए ।अड्कल मात्र काटेनन उच्चअदालतको गेट सम्मै फुलमाला बोकेर पुगेका फ्यानहरुले जब अदालतको आदेश सुने सबै रुवाबासीहुदै फर्किएका छन् ।यसभन्दा अगाडी नवलपुर र तनहु जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गर्ने भनेर फैसला गरे,त्यसपछी लगत्तै फैसलाको बिरुद्धमा पलका आफन्तहरुले पुनरावेदन गर्नका लागि उच्च अदालत पोखरामा निवेदन जाहेर गरेका थिए ।सोहि निवेदनको फैसलापनि जिल्लाको फैसला नै सदर गरिदिएका छन् ।फेरिपनि पललाई पुर्पक्ष का लागि भनेर कारागार पठाई दिएका छन् ।अब भने अभिनेता पल छुट्न लाग्ने समय भनेको एकिन छैन एक वर्ष पनि लाग्न सक्छ सो भन्दा बढीपनि लाग्न सक्ने अनुमान गरिएको छ ।उच्च अदालत पोखरामा न्यायधिस द्वोय उज्वल शुक्ल र श्री ताराकुमारी पुडासैनी को संयुक्त इजलासमा दुबैको तर्फबाट वकिलहरुले बहस गररेका थिए ।
:यो पनि पढ्नुहोस्
:तनहु कारागार दमौलीका निमित्त जेलर नारायण प्रसाद अधिकारिले भने
अभिनेता पलशाहले हिरासतको बसाइमा कुनै फरक व्यक्तित्व जस्तो स्वभाब देखाउनु भएको छैन,आजपनि २ सय ५२ जना कैदिबन्दीहरु हुनुहुन्छ कारागार वसाई अन्य कैदी जस्तै छ ।वाहा सेलिब्रेटी भएको कारण भेट्न आउने अलि बढी र मिडियाको पनि अलिकबढी चासो भएको देखिन्छ ।यहाको नियमलाई फलो गरि अन्यकैदी बन्दि जस्तै बस्नुभएको छ,साथीभाई संग छिट्टै घुलमिल हुने खाने बस्ने यसरीनै दिन बिताउनु भएको छ,अहिले सम्म स्वास्थ्यमा कुनैपनि समस्या आएको छैन ।