आवरउदयपुर
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा १० बाट वडाअध्यक्ष पदका उमेदवार ज्ञानेन्द्र मगरले मतदाता लगायत १० नम्बरमा बस्ने सम्पूर्ण वडाबासि जनतालाई धन्यवाद दिएका छन् !स्थानीय निर्वार्चनमा भाग लिएका मगरले आफुलाई बिस्वास गरि दिनु भएको मतको सम्मान गर्दै धन्यबाद दिएका हुन् !उनले आफ्नो फेसबुक वालमा यसरी लेखेका छन्!
-जस्ताको तस्तै :
हार्दिक आभार तथा धन्यवाद ।
चुनाब सकियो! मत बाडिए पनि मन बाडिनु हुँदैन, गाउँ टोल भाडिनु हुदैन। पात्र फरक पर्लान, सोच फरक होलान् तर समग्र वडा न.-१० बासिको बिकास र समृद्धिको लागि नेतृत्व चुक्नु हुदैन। आसन्न स्थानीय निर्वाचन २०७९ मा त्रियुगा नगरपालिका वडा नम्बर -१०, मा संयुक्त गठबन्धन (नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी) को तर्फबाट वडा अध्यक्ष उमेदवार म ज्ञानेन्द्र मगरको तर्फबाट सम्पुर्ण वडा बासी आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनी, आफन्त जन, युवा साथिहरुमा नमस्कार, अभिनन्दन गर्न चाहान्छु।
निस्पक्षता, पारदर्शिता, सुशासन, आत्मानिर्भर वडा निर्माण र समग्र वडाको बिकासमा युवाको नेतृत्व भन्ने मुल मन्त्र सहित यस पटकको स्थानीय तहको निर्वाचनमा मलाई र हाम्रो प्यानल लाई बिश्वास गर्दै अमुल्य मतदान गर्नुहुने सम्पुर्ण वडा बसिहरुको ॠणी छु, यहाहरुको अमुल्य मतको कदर गर्दै, यसबाट मलाई सामाजिक क्षेत्रहरूमा अझ बढी काम गर्ने उर्जा मिलेको छ। यहाहरुले आफ्नो मतको सहि सदुपयोग गर्नुभेको थियो तर गणितीय हिसाबमा केही अन्तर हुन गयो त्यसप्रति म दुखी छु तर म मा केही पाराजित मानसिकता छैन। तपाईंहरु एक सचेत नागरिक हुनुहुन्छ कसैको दवाबमा नपरी, कसैको प्रलोभनमा नपरी युवालाई रोज्नुभयो बिश्वास गरेर मतदान गर्नुभयो सम्पुर्णप्राती हार्दिक-हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहान्छु। मलाई पार्टीको तर्फबाट बिश्वास गरेर वडा अध्यक्षको उमेदवार बन्ने अवसर प्रदान गर्नु भएकोमा नेकपा माओवादी केन्द्रका सम्पुर्ण तहका नेतागण, संयुक्त निर्वाचन परिचालन समिति त्रि.न.पा.-१०, नेकपा माओवादी केन्द्र वडा पार्टीका सहयोद्दा कमरेडहरु। आम मतदाता साथै मेरो उम्मेद्बारी प्रति समर्थन र सहयोग शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्ण प्रती हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहान्छु!
ज्ञानेन्द्र मगर
वडा अध्यक्ष उमेदवार, त्रि.न.पा.-१०, उदयपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय