बहर-बहार,,
-सुमी पोख्रेल
लाग्दैछ फेरी मेला एकपल्ट सोच्नुपर्छ
यो देश बेचिएला एकपल्ट सोच्नुपर्छ !
कसले लगाम हाल्यो उसले चढेको घोडा
रित्तो छ त्यो तबेला एकपल्ट सोच्नुपर्छ !
क्षणमै बितेर जाने घटना होलान् अनेकौं
झिम्क्याउदा एकपल्ट परेला सोच्नुपर्छ !
जान्दैन गर्न जस्ले सम्मान आफ्नो गुरुको
कस्तो रहेछ चेला एकपल्ट सोच्नुपर्छ !
झुन्डेर भीरको फल टिप्ने प्रयास गर्छौ
कमजोर हुन्छ बेला एकपल्ट सोच्नुपर्छ !
धीरज भए हमेसा मिल्नेछ हर सफलता
आए कुनै झमेला एकपल्ट सोच्नुपर्छ !