हिमाल राई ,धरान
धरानको एक मात्र एडभान्स डिप्लोमा अध्यापन गराउने प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले हालै SEE दिएका बिद्यार्थीका लागि नि:शुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गर्ने भएको छ ।

माध्यमिक परिक्षा सक्काएका बिद्यार्थीलाई के बिषय पढ्ने, कहाँ गएर पढ्ने भन्ने दुबिधाले सताइरहेको बेला प्राइम भिजन कलेज द्वारा आयोजना हुने यस तालिमले बिद्यार्थीलाई केहि हद सम्म सहयोग पुग्ने कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए ।

यही जेष्ठ २३ गते देखि सन्चालन हुने यस तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि जानकार बनाउने,विभिन्न परिकारहरु बनाउन सिकाउने,बनाएको खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमता अभिवृद्धि,व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरु सिकाइने कलेजका सी. इ. ओ. अभिषेक श्रेष्ठले प्रष्ट पारे । उक्त तालिममा समावेश हुन इच्छुक अनलाइन मार्फत आबेदन फारम भर्न सकिने र सो फारम कलेजको फेसबुक पेजमा सजिलै भेटिने श्रेष्ठले बताए ।

होटल म्यानेजमेन्ट अन्तर्गत यस कलेजका थुप्रै बिद्यार्थीहरु इन्टर्नशिप तथा उच्च शिक्षा हासिल गर्नका निम्ति विदेशमा गएर राम्रो पारिश्रमिकका साथ आफ्नो अध्यनलाई अघि बढाई रहेको जानकारी गराउँदै श्रेष्ठले आउँदा दिनहरुमा पनि सोहि अनुरुपका दक्ष जनशक्तिहरु उत्पादन गर्दै जाने बताए ।

बिगत ५ बर्ष देखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले बिद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु समय-समयमा आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय