काठमाडौं, जेठ २०
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बैठक बस्ने भएको छ ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन् ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय