OU, जेठ ११ गते ।
लगातर पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् ।
संगठनले निगमको मूल गेटमा पेट्रोलियम पर्दार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए ।
उनीहरूले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्तिक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन सङ्कट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यावहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाए ।
सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आउँदा दिन विरोधका कार्यक्रमहरू थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए । उनीहरूले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब रुपैयाँ नाफा भएको कुरा जनतालाई नभनेको आरोप पनि लगाए ।
सरकारले गएको आइतवार रातिदेखि लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेल १ सय ६३, आन्तरिक हवाईमा १ सय ६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सयले बढाएर १८ सय रुपैयाँ पु¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय